दुर्घटना न्यूनीकरण गर्न, चालकको स्वास्थ्य जाँच

समाधान संवाददाता २०७५ फागुन २३ गते ८:१८

समाधान

जिल्ला ट्राफिक कार्यालय बागलुङले सडकमा हुने दुर्घटना न्यूनीकरण गर्न गाडी चालकको स्वास्थ्य जाँच अभियानलाई तीव्रता दिएको छ । सडकमा हुने सवारी दुर्घटनामा कमी ल्याउन सहयोग पुर्‍याउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्थानीय संघसंस्थाको सहकार्यमा दोस्रो पटक सडकका सवारी चालकको स्वास्थ्य जाँच गरेको हो ।

स्वास्थ्य परीक्षणका क्रममा अधिकांश लामो दुरीका सवारी चालकमा उच्च रक्तचापको समस्या देखा परेको बताइएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङ, यातायात व्यवसायी र नेपाल प्रहरीको टोलीले दोस्रो पटक बागलुङ जिल्लाको मुख्य प्रवेशद्वार गणेशस्थानको घुम्तीमा चेकजाँच गरेको हो । बस, ट्रक, जीप, माइक्रो लगायतका ७१ सार्वजनिक सवारी साधनका चालकको आँखा र रक्तचाप परीक्षण गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया