तुलाचन फेरि होटल संघ अध्यक्ष

समाधान संवाददाता २०७५ फागुन २३ गते ८:३७

समाधान

पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा पुनः विकल तुलाचन निर्विरोध निर्वाचित भएका छन् । संघको मंगलबार पोखरामा सम्पन्न १९ औं अधिवेशनले तुलाचनलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । युवा पर्यटन व्यवसायी तुलाचन फेयरमाउन्ट होटलका सञ्चालक हुन् ।

नवनिर्वाचित समितिको निवर्तमान अध्यक्षमा होटल पिस प्लाजाका भरत पराजुली छन् । प्रथम उपाध्यक्षमा होटल साकुराका लक्ष्मण सुवेदी, द्वितीय उपाध्यक्षमा मम्स गार्डेन रिसोर्टका दीपक श्रेष्ठ, महासचिवमा होटल ट्रोपिकानाका गणेशराज पहारी र सचिवमा होटल ग्ल्यासेयिरका राजेन्द्र ढकाल चयन भएका छन् ।

Advertisement

कोषाध्यक्षमा ल्यान्डमार्क होटलकी पार्वती पाण्डे, सहकोषाध्यक्षमा माउन्ट कैलाश रिसोर्टका नरेशबहादुर भट्टराई निर्वाचित भए । सदस्यहरुमा फिस्टेल लजका अनिल श्रेष्ठ, ट्रेकर्स इनका महादेव भण्डारी, बाराही हस्पिटालिटी ग्रुपका बैभव पौडेल, सांग्रिला भिलेज रिसोर्टका अर्जुन मैनाली र पोखरा ग्राण्डका मनु नेपाली रहेको संघका प्रमुख निर्वाचन आयुक्त मेहरमान श्रेष्ठले जानकारी दिए । मनोनित सदस्यमा क्रिस्टल प्यालेसका नेत्र पौडेल, अतिथि रिसोर्टका भरत शर्मा, योकोहामाका दोर्जे तामाङ र होटल लेगेसीका राजु थकाली छन् ।

Advertisement

तपाईको प्रतिक्रिया