हस्पिटालिटी नेपाल: घान्द्रुकमा ‘अतिथि सत्कार’ सिकाइ

समाधान संवाददाता २०७५ फागुन २३ गते ८:४१

समाधान संवाददाता

‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को तेस्रो सिजनका प्रतिस्पर्धीले पर्यटकीय घान्द्रुक गाउँ घुमेका छन् । उनीहरुले त्यहाँ ग्रामीण पर्यटकीय क्षेत्रमा ‘कसरी अतिथिको सत्कार गरिन्छ ?’ भन्ने कुरा नजिकबाट सिके ।

गुरुङ समुदायको बाहुल्य घान्द्रुक अथिति सत्कारकै कारण पर्यटकको रोजाइमा पर्ने गरेको उनीहरुले त्यहाँबाट फर्केपछि बताएका छन् । ‘हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले पाहुनाको सत्कार गर्ने तरिका यहाँबाट प्रशस्त सिक्न सक्छन् । त्यसैले पनि हामीले हाम्रा प्रतिस्पर्धीलाई घान्द्रुक भिजिट गराएका हौँ ।’ हस्पिटालिटी नेपाल कन्टेस्टको आयोजक संस्था एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने ।

Advertisement

प्रतिस्पर्धीले घान्द्रुक पुगिसकेपछि जस्तो अवस्थामा पनि ‘हस्पिटालिटी’ आवश्यक भएको महशुस गरेको आयोजक कम्पनीले जनाएको छ । ‘यो उनीहरुका लागि निकै महत्वपूर्ण भिजिट रह्यो । प्रतिस्पर्धीले घान्द्रुकको स्थानीय समुदायसँग निकै रमाइलो पनि गरेका थिए ।’ एपी इन्टरटेनमेन्टले भनेको छ ।

तेस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सिजन अन्तर्गत १८ जना प्रतिस्पर्धीहरु ग्रान्ड फिनालेका लागि भिड्दैछन् । यतिबेला आयोजकले प्रतिस्पर्धीलाई बन्द प्रशिक्षणमा राखेर हस्पिटालिटी क्षेत्रसँगै सम्बन्धित विभिन्न प्रशिक्षण र तालिमहरु दिइरहेको छ । त्योबाहेक नेतृत्व र व्यक्तित्व विकासमा सहयोग गर्ने प्रशिक्षणमा पनि प्रतिस्पर्धी सहभागी भइरहेका छन् ।

Advertisement

आयोजक एपी इन्टरटेनमेन्टले बुधबार प्रतिस्पर्धीलाई ‘टेबुल म्यानर’को विषयमा प्रशिक्षण दिएको छ । इन्टरनेसनल होटल ट्रेनिङ सेन्टर न्युरोडले उनीहरुलाई ‘टेबल म्यानर’को विषयमा प्रशिक्षण दिएको हो । ट्रेनिङ सेन्टरको तर्फबाट विकास गुरुङले प्रतिस्पर्धीलाई सहजीकरण गरेका थिए ।

बुधबार नै प्रतिस्पर्धीहरु ‘बार टेन्डर’ कक्षामा पनि सहभागी भए । उनीहरुले फ्लेमिङ, जग्लिङ आर्ट सिक्नुका साथै कक्टेल र मक्टेल बनाउन सिकेका थिए । इलुजन बार टेन्डर एकेडेमीले उनीहरुलाई यो कक्षामा सहभागी गराएको एपी इन्टरटेनमेन्टका उज्ज्वल बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया