धनगढीमा २ किलो सुनसहित २ जना पक्राउ
समाधान संवाददाता
२०७५ फागुन २३ गते १५:५०

रासस, धनगढी
कैलालीको चिसापानीमा गए राति प्रहरीले २ किलो ३०० ग्राम सुन र चाँदीका पूजा सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ ।
चिसापानी प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र केसीले पूर्वबाट धनगढीतर्फ आउँदै गरेको बा१९च ७४१३ नंको जीप राति १०ः४५ बजे चिसापानीमा पुगेको समयमा चेकजाँच गर्दा उक्त परिणामको सुन र चाँदीका सामग्री बरामद भएको जानकारी दिनुभयो ।
जीप चालक कैलालीका रमेश सैँजु र जीपमा सवार सिखा चौधरीलाई नियन्त्रणमा लिइएको छ । चालक सैँजुलाई प्रमाण देखाउन आग्रह गरिएकामा सबै बिल रसिद देखाउन नसकेपछि उक्त सामग्री बरामद गरिएको केसीले बताउनुभयो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया