लायन्सको नेतृत्वका लागि पोखराकै दुई ‘लायन’ भिड्ने

समाधान संवाददाता २०७५ फागुन २३ गते १६:००

समाधान सम्वाददाता

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं राष्ट्रिय महाविधेशनमा पोखराका दुई जना लायन लिडर एक आपसमा भिड्ने संकेत मिलेको छ । बर्ष २०१९÷०२० लागि भाइस गभर्नरमा उम्मेद्वारी दिइ सकेको लायन विशेश्वर आचार्यलाई पुराना लायन ध्रुव श्रेष्ठले चुनौति दिने तयारी गरेका छन् ।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं राष्ट्रिय महाविधेशन आगामी वैशाख १३ र १४ गते पोखरामा हुदैछ । लायन्स इन्टरनेशनलमा डिष्ट्रिक गभर्नर बन्नका लागि भाइस गभर्नर महत्वपूर्ण खुड्किलो हो । यो पार गरेपछि अर्को व्यक्तीसंग चुनाव लड्नु पर्दैन । एस भोट मात्र लियो भने दुई बर्ष पछि डिष्ट्रिक गभर्नर बन्ने निश्चित हुन्छ ।

Advertisement

आचार्य लायन्स क्लब अफ पोखरा सेन्ट्रलका उत्पादन हुन भने श्रेष्ठ लायन्स क्लब अफ पोखरा अन्नपूर्णका उत्पादन हुन । आचार्यले मनोनयन दर्ता गरिसकेपछि श्रेष्ठलाई पनि उम्मेद्वार बनाउने चर्चा शुरु गरिएको छ । तर उनले अहिलेसम्म आधिकारिक घोषणा गरेका छैनन् ।

केही दिन अघि लायन्स क्लव अफ पोखरा अन्नपूर्णले आयोजना गरेको छलफलमा ध्रुव श्रेष्ठलाई उम्मेदवारी दिन आग्रह गरिएको थियो। नेतृत्व लिनको लागि अहिलेसम्म श्रेष्ठले गरेको धैर्यतालाई सम्मान गर्दै अव पछाडी हट्न नहुने तर्क उनी पक्षको छ । भने नयाँ युवालाई नेतृत्व गर्ने मौका दिनु पर्ने तर्क आचार्य पक्षको छ ।

Advertisement

वर्तमान डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले महाधिवेशन गर्ने मिति तय गरेर ‘कन्भेन्सन कल’गरेसँगै डिष्ट्रिक्टको चुनावी माहोल बढेको हो । महाधिवेशनमा वर्तमान फस्ट भाइस गभर्नर ईन्दु लम्सालले आगामी लायन वर्षको गभर्नर पदका लागि र वर्तमान सेकेण्ड भाइस गभर्नर मनबहादुर रोकाले फस्ट भाइस गभर्नरका लागि ‘एस’ मत लिनुपर्नेछ ।

तपाईको प्रतिक्रिया