मुस्ताङमा जिल्लास्तरीय बनक्षेत्र समन्वयमा छिरिङ ल्हामो

समाधान संवाददाता २०७५ फागुन २४ गते ९:२८

सुन्दरकुमार थकाली – मुस्ताङ

गण्डकी प्रदेशले गठन गरेको डिभिजन बन कार्यालय मुस्ताङले बिहिबार जिल्लामा १५ सदस्यीय बनक्षेत्र समन्वय समिति गठन गरेको छ । बनक्षेत्र व्यवस्थापन तथा योजना तर्जुमा आदीका लागि कार्यालयले समिति गठन गरेको हो । समितिमा जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ संयोजक छिन् भने, उपसंयोजक राजेन्द्र शेरचन छन् ।

Advertisement

समिति गठन समावेशीताका आधारमा गरिएको छ।।समितिमा घरपझोङ गाउँपालिका अध्यक्ष आशबहादुर थकाली, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री ,जिल्ला समन्वय अधिकारी पुष्प कटुवाल ,नेकपाका जितेन्द्र शेरचन, राप्रपाका अजित थकाली,एक्याप जोमसोमका प्रमुख तुलसी दाहाल, सामूदायिक उपभोत्ता महासंघकी सुनदेवी रसाईली, गैसस महासंघ पेमा छेतेन विक,भेटनरी अस्पताल तथा पशुसेवा बिकास केन्द्रकी फुलमाया परियार र आदीवासी जनजाती तथा अन्य समूदायका नर्वु आङजुक गुरुङ सदस्य छन् ।

समितिमा बन पैदावार उद्यमी प्रतिनिधि ,उद्योग बाणिज्य संघ प्रतिनिधि र कृषिज्ञान केन्द्र ईकाई गरी ३ सदस्यपद रिक्त छ ।त्यस्तै समितिको सदस्य सचिवमा डिभिजन बन अधिकृत रहने छन् । प्रदेश सरकारले मुस्ताङमा गत श्रावणमा डिभिजन बन कार्यालय स्थापना गरेको हो ।

Advertisement

बनक्षेत्र तथा बनपैदावारको संरक्षण गर्दै आईरहेको अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापले पनि बन संरक्षणको अख्तियारी लिदै आईरहेको छ ।नेपाल सरकारकै स्वामित्वमा स्थापना भएको बन कार्यालयको कार्यसंञ्चालनपछि एक्याप र बन कार्यालयको क्षेत्र अधिकार उस्तै बाझिएको हो ।

तर,एक्यापको कार्यअवधि आगामी माघ महिनामा सकिने छ । डिभिजन बन कार्यालयले गठन गरेको समितिले बन बन्यजन्तु र वातावरण ,जैविक विविधता संम्वन्धि नीति तथा कानुन तर्जुमा संशोधन परिमार्जन गर्दै सरकारलाई सुझाव दिनेछ ।

कार्यालय प्रमुख यमनाथ पोख्रेलका अनुसार गठित समितिले बनक्षेत्रको संरक्षण र दिगो व्यवस्थापन सदुपयोग अध्ययन अनुसन्धान गर्न सरोकारवाला संग सहमति जुटाउने छ । यस्तै,स्थानीय स्तरमा स्थानीय निकाय,बन निकाय,उपभोक्ता र सरोकारवाला रहेको बनक्षेत्रको समन्वय उपसमिति गठन गर्ने र कार्यबिधि सहित काम गर्ने पोख्रेलको भनाई छ ।

उनले नयाँ बन नियामवली कार्यबिधि बन्दै गरेको र बन निर्दैशिका २०६८ अनुसार समिति गठन भएको उनले जानकारी दिए । डिभिजन बन कार्यालयको चालु बजेट साढे २ करोड मुस्ताङमा पहिलो पटक स्थापना भएको डिभिजन बन कार्यालयलाई संघीय र प्रदेश सरकारले बिभिन्न कार्यक्रम संञ्चालन गर्न बजेट बिनियोजन गरिसकेको छ ।

संघीय सरकारले १ करोड ७ लाख ५१ हजार र प्रदेश सरकारले १ करोड ३३ लाख रुपैया कार्यक्रम खर्चका लागि छुट्याएको कार्यालय प्रमुख यमनाथ पोख्रेलले जानकारी दिए ।यसका अतिरिक्त प्रदेशले कार्यालय भवन निर्माणका लागि ५० लाख उपलब्ध गराएको उनले बताए । संघीय सरकारले बन्यजन्तु संरक्षण कार्यक्रम,सामूदायिक तथा कबुलियती बन बिकास,जडिबुटी बिकास कार्यक्रम,वृक्ष सुधार वृक्षारोपण नीजि बन बिकास कार्यक्रम,नेपाल स्वच्छ वातावरण अभियान र राष्ट्रिय बन बिकास तथा व्यवस्थापनका लागि करोड बिनियोजन गरेको हो ।

यस्तै, प्रदेश सरकारले उद्योग पर्यटन वन तथा वातावरण कार्यक्रम र भवन निर्माणमा बजेट बिनियोजन गरेको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिए ।नया स्थापना भएको जिल्ला डिभिजन बन कार्यालयमा बन अधिकृत सहित १५ जना कर्मचारीको दरबन्दी छ ।

तपाईको प्रतिक्रिया