बजेट विनियोजन गरी जोमसोम एअरपोर्ट स्तरोन्नति

समाधान संवाददाता २०७५ फागुन २४ गते ९:४२

सुन्दरकुमार थकाली

मुस्ताङको जोमसोम विमानस्थल स्तरोन्नति गरिने भएको छ । विमानस्थल व्यवस्थित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले करिब ९ करोड बजेट विनियोजन गरेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको अध्यक्षतामा बिहीबार सरोकारवालाबीच भएको बैठकले विमानस्थल स्तरोन्नतिलाई असर नपर्ने गरी तोकिएको समयमा पूरा गर्न जोमसोम उडान समय तालिका मिलाउने निर्णय गरेको छ । बैठकले चैत १ गतेदेखि नै लागु हुने गरी पोखरा—जोमसोम उडानका लागि अन्तिम उडान समय बिहान १० बजे तोकेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख भानुभक्त कोइरालाले जानकारी दिए ।

Advertisement

मुस्ताङको पर्यटनलाई ध्यानमा राखेर समय तालिका मिलाइएको उनको भनाइ छ । मुस्ताङको जोमसोम विमानस्थल धावनमार्ग ८ सय १४ मिटर लामो छ । प्राधिकरणले यहाँ विमानस्थल स्तरवृद्धि तथा व्यवस्थित गर्न ५ वटा सुधारका काम अघि बढाउन कार्यसूची बनाएको इन्जिनियर पुष्पराज न्यौपानेले बताए । धावनमार्गको दक्षिण रनवेएको २ सय १० मिटर लामो धावनमार्ग क्षेत्रको स्लोप मिलाउने, पूरै रनवे धावनमार्गलाई प्रिकालोपत्रे गर्ने तथा एप्रोज टेक्सिवेएलाई ५ सेमी कालोपत्रे गर्ने, जोमसोमको पुथाङ बजारको ढल व्यवस्थित गर्न रनवेएभित्रको ढललाई मर्मत तथा व्यवस्थित गरिनेछ ।

उडान सुरक्षित गर्न पुराना तारबार हटाई नयाँ तारबारसहित उचाई वृद्धि गर्ने र धावनमार्ग जोगाउन कालिगण्डकी नदी नियन्त्रणका लागि आवश्यक स्थानमा ग्याबिन वाल लगाइने भएको छ । विमानस्थल स्तरोन्नतिको एपेक्स कन्ट्रक्सनले जिम्मा लिएको छ । निर्माण कम्पनीको सम्झौता ६ महिना भए पनि आगामी ज्येठ मसान्तसम्म काम सकने लक्ष्यका साथ कामअघि बढेको इन्जिनियर न्यौपानेले जानकारी दिए । रनवेए कालोपत्रेका लागि नियमित उडान असर नपर्ने गरी धावनमार्ग सुधारका कामअघि बढाइनेछ । आवश्यक परे करिब १५ दिन पूरै उडान बन्द हुन सक्ने जनाइएको छ ।

Advertisement

जोमसोम विमानस्थल पूर्वतर्फ कालिगण्डकी नदी छ । नदी किनारामा आवश्यक तटबन्ध नहँुदा विमानस्थल जोखिममा छ । पुथाङ एयरपोर्ट बजारको ढलसमेत धावनमार्ग भित्रको ढल हुँदै कालिगण्डकीमा निकासा गरिएको छ । तर, ढल व्यवस्थित नहुँदा कालोपत्रे रनवेलाई असर पारेको हो । दक्षिणतर्फ रनवे स्लोप असन्तुलित हुँदा यहाँ अवतरण गर्ने विमानको रनवेए साँघुरो छ ।

फागुनदेखि मुस्ताङमा दैनिक ६ देखि १२ उडानसम्म हुने गर्छ । तर, जोमसोममा उत्तरी हावा चल्दा र मौसम नखुल्दा ढिलोमात्र उडान हुने गर्छ । मुस्ताङमा तारा र समिट एयरलाइन्सले उडान भर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया