भारतमा लडाकू जेट विमान दुर्घटना

समाधान संवाददाता २०७५ फागुन २४ गते १६:१९

नयाँ दिल्ली, रासस/सिन्ह्वा – भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ । 

भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ । विमान दुर्घटना भएपनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन् । 

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया