मिक महिलालाई डोको वितरण

समाधान संवाददाता २०७५ फागुन २५ गते १४:४४

समाधान

नारी जागरण अभियानले सेती बगरमा बालुवा चाल्ने श्रमिक महिलालाई ५० वटा डोको वितरण गरेको छ । अभियानले १ सय ९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कामदार महिलाको सजिलोका लागि डोको वितरण गरेको जनाएको छ ।

अभियानकी अभियान्ता एवं पोखरा ५ कि वडा सदस्य अञ्जु केसीले अभियानले महिला उत्थान गर्न अहोरात्र लागिपरेको दाबी गरिन् । उनले भनिन्, ‘स्थापना कालदेखि नै हामी सहयोगमा जुटेका छौं । कहिले न्यानो लिएर पुग्छौं त कहिले स्वास्थ्य शिविर लिएर ।’

Advertisement

केसीले कामका साथै स्वास्थ्यमा पनि ध्यान दिन श्रमिक महिलालाई सुझाइन् । उनले भनिन्, ‘स्वास्थ्यमा पनि ध्यान दिनुस् । ८ घण्टा काम गर्नुस्, ८ घण्टा मनोरञ्जन गर्नुस् । बाँकी समय आराम गर्नुस् ।’ कार्यक्रममा ज्येष्ठ नागरिक शिवा परियार र दूधकुमारी सुनुवारलाई सम्मान गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया