पोखरा १३ वडाकार्यालयमा चोरी

समाधान संवाददाता २०७५ फागुन २५ गते १४:४६

समाधान संवाददाता

पोखरा महानगरकै स्मार्ट वडा भनेर चर्चामा आएको १३ नम्बर वडा कार्यालयमा बिहीबार राति चोरी भएको छ । सम्पूर्ण काम कम्प्युटराइज्ड भएको उक्त वडामा राति १० बजेको समयमा चोरी भएको वडाध्यक्ष दर्शन लामाले जानकारी दिए ।

चोरले वडा कार्यालयबाट ४ वटा मनिटर, २ वटा सिपियू, २ वटा प्रिन्टर, २ वटा सीसी क्यामरा र २ वटा मल्टिप्लग चोरेको लामाले जानकारी दिए । ‘सिसिटिभी क्यामेरा पनि डिस्कनेक्ट गरेर चोरेको हुनाले चोरको पहिचान गर्न गाह्रो छ,’ उनले भने । चोरी पछि शुक्रबारनै वडा प्रहरी कार्यालय रामबजारमा उजुरी दिइसकेको उनले बताए ।

Advertisement

उक्त चोरीबाट वडा कार्यालयको २ लाख बराबरको क्षति भएको लामाले जानकारी दिए । यसअघि पोखरा ५ वडा कार्यालयमा पनि चोरी भएको थियो । चोरीको प्रकृति एउटै किसिमको भएकाले अनुसन्धान कार्य तीब्र पारिएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया