विश्व कार यात्रामा निस्केका फ्रेडिट मुस्ताङमा

समाधान संवाददाता २०७५ फागुन २६ गते ७:३८

सुन्दरकुमार थकाली

मुस्ताङमा शनिबार ६ पाङ्ग्रे अत्याधुनिक पहेँलो रङको अस्ट्रियन कार देखियो । कारभित्रै सञ्चार सेट, सौर्य ऊर्जा, किचन कोठा, एटेजबाथसमेतको सबै सुविधा जडान गरिएको छ । उक्त कार थियो विश्व कारयात्रामा निस्केका फ्रेडिटको । कारभित्र जडान गरिएका प्रविधिको सहयोगमा फ्रेडिटले फोन मार्फत कुराकानी गर्न सक्छन् भने इन्टनेट लगायतका सुविधा गाडीभित्रै छन् ।

उनी त्यही ६ पाङ्ग्रे अस्ट्रियन कार चलाउँदै विश्व भ्रमण गर्ने रफ्तारमा रहेछन् । अनौठो प्रकारको अत्याधुनिक कार चलाउँदै यति ठूलो लक्ष्यका साथ मुस्ताङ आएका उनी नेपाल आएको २ साता भएको उनले बताए । उनको विश्वयात्रा एक्लै गर्ने गरेको र आफ्नो सम्पूर्ण रेकर्ड जिपिएसको सहयोगमा उपलब्ध हुने बताउँछन् ।

Advertisement

विश्व भ्रमणयात्रामा चाहिने आवश्यक सम्पूर्ण सामान कारमै लिएर आएका उनी जुन ठाउँमा पुग्छन्, उनले होटल खोज्नु पर्दैन । उनको आवास, खाना र खाजा कारमै छ । अनि कारमा जोडिएको धारामा पखाल्छन् । लाग्छ उनको यात्रामा कार नै सबथोक हो ।

निकै फुर्तिला र अग्ला कदको फ्रेडिटले जोमसोमको टुरिस्ट चेकपोस्टमा इन्ट्री गराए । ‘उपल्लो मुस्ताङ जान अहिले कस्तो छ । जान सकिएला र ?’ उनले सोधे, हामीले उत्तर दियौं, ‘अहँ सकिँदैन सर ,माथि हिउँनै हिउँ छ ।’ उनले फेरि दोहोर्‍याएर सोधे, ‘मुक्तिनाथ जानलाई कस्तो छ बाटो ?’ हामीले भन्यौं, ‘मुक्तिनाथ पुग्न सकिन्छ ।’ उनी थ्याङक्यू भन्दै मुक्तिनाथतर्फ हानिए । उनको कार चलाउँदै सुरु गरेको विश्वयात्रा अजीब लाग्थ्यो । उनको कार अत्याधुनिक र जस्तो सुकै जोखिम सडकमा पनि सहज यात्रा गर्न सक्ने नमूना कार लाग्थ्यो ।

Advertisement

तपाईको प्रतिक्रिया