विश्व कार यात्रामा निस्केका फ्रेडिट मुस्ताङमा

सुन्दरकुमार थकाली
मुस्ताङमा शनिबार ६ पाङ्ग्रे अत्याधुनिक पहेँलो रङको अस्ट्रियन कार देखियो । कारभित्रै सञ्चार सेट, सौर्य ऊर्जा, किचन कोठा, एटेजबाथसमेतको सबै सुविधा जडान गरिएको छ । उक्त कार थियो विश्व कारयात्रामा निस्केका फ्रेडिटको । कारभित्र जडान गरिएका प्रविधिको सहयोगमा फ्रेडिटले फोन मार्फत कुराकानी गर्न सक्छन् भने इन्टनेट लगायतका सुविधा गाडीभित्रै छन् ।
उनी त्यही ६ पाङ्ग्रे अस्ट्रियन कार चलाउँदै विश्व भ्रमण गर्ने रफ्तारमा रहेछन् । अनौठो प्रकारको अत्याधुनिक कार चलाउँदै यति ठूलो लक्ष्यका साथ मुस्ताङ आएका उनी नेपाल आएको २ साता भएको उनले बताए । उनको विश्वयात्रा एक्लै गर्ने गरेको र आफ्नो सम्पूर्ण रेकर्ड जिपिएसको सहयोगमा उपलब्ध हुने बताउँछन् ।
विश्व भ्रमणयात्रामा चाहिने आवश्यक सम्पूर्ण सामान कारमै लिएर आएका उनी जुन ठाउँमा पुग्छन्, उनले होटल खोज्नु पर्दैन । उनको आवास, खाना र खाजा कारमै छ । अनि कारमा जोडिएको धारामा पखाल्छन् । लाग्छ उनको यात्रामा कार नै सबथोक हो ।
निकै फुर्तिला र अग्ला कदको फ्रेडिटले जोमसोमको टुरिस्ट चेकपोस्टमा इन्ट्री गराए । ‘उपल्लो मुस्ताङ जान अहिले कस्तो छ । जान सकिएला र ?’ उनले सोधे, हामीले उत्तर दियौं, ‘अहँ सकिँदैन सर ,माथि हिउँनै हिउँ छ ।’ उनले फेरि दोहोर्याएर सोधे, ‘मुक्तिनाथ जानलाई कस्तो छ बाटो ?’ हामीले भन्यौं, ‘मुक्तिनाथ पुग्न सकिन्छ ।’ उनी थ्याङक्यू भन्दै मुक्तिनाथतर्फ हानिए । उनको कार चलाउँदै सुरु गरेको विश्वयात्रा अजीब लाग्थ्यो । उनको कार अत्याधुनिक र जस्तो सुकै जोखिम सडकमा पनि सहज यात्रा गर्न सक्ने नमूना कार लाग्थ्यो ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया