सीप नसिकी विदेशिँदा सास्ती

समाधान संवाददाता २०७५ फागुन २६ गते ७:४१

नारायण ढुंगाना

नेपाली कामदार वैदेशिक रोजगारमा दक्ष नै नभइ जाने गरेकाले समस्या झेल्दै आएका छन् । जसका कारण ‘म्यानपावर’ कम्पनीदेखि दलाल र रोजगारदाता कम्पनीबाट समेत नेपालीले दुःख पाउने गरेका छन् ।

आवश्यक सीप र दक्षताको अभावमा कतिपय नेपालीले रोजगारी नै नपाउने अवस्था समेत छ । दक्षता अभावले रोजगारी पाएका पनि न्यून तलबमा काम गर्नुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशमा काम गर्न जानेमध्ये जम्मा १ दशमलव ५ प्रतिशतमात्रै दक्ष छन् । २४ प्रतिशत अर्धदक्ष छन् भने अधिकांश अदक्ष कामदार रोजगार गर्न भनेर विदेशिएका बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले बताए । अधिकांश अर्धदक्ष कामदार जापान र कोरियामा छन् ।

Advertisement

उनले अहिले नेपालको आर्थिक परिसूचक राम्रो रहेको र रेमिट्यान्स बढ्दो क्रममा रहेको बताउँदै कूलगार्हस्थ उत्पादनमा विप्रेषण बढ्ने अनुमान गरिएको उल्लेख गर्नुभयो । नेपालमा गत वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई रु ७५५ अर्ब छ करोड पुगेको थियो । पछिल्लो छ महीनामा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले वृद्धि भई रु ४४३ अर्ब ३६ करोड पुगेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा वार्षिक ५ लाख युवा रोजगारीका लागि योग्य हुन्छन् । अहिलेसम्म ४३ लाख कामदार वैदेशिक रोजगारमा गएको तथ्यांक छ । नेपालबाट १ सय १० मुलुकका लागि मात्रै रोजगारीका लागि अनुमति भए पनि १ सय ६७ देशमा नेपाली रहेको जनाइएको छ । कोरियामा मात्रै आधिकारिक रूपमा गएका ३५ हजार र अनौपचारिक तथ्याङ्कमा पाँच हजार नेपाली रहेको जनाइएको छ ।

Advertisement

कोरियाबाट थोरै रेमिट्यान्स

सरकारी तथ्याङकलाई आधार मान्दा १ नेपालीले कारियाबाट औषत १ लाख ७० हजार कमाउँछन् । त्यसलाई आधार मान्दा ६३ अर्ब आउनुपर्नेमा गतवर्ष १७ अर्बमात्रै भित्रिएको छ । कोरियाबाट आउनुपर्ने मध्ये यो २५ प्रतिशतमात्रै विप्रेशण हो ।

४० हजार कामदार हिसाब गर्दा यो वर्ष करीब ८२ अर्ब भित्रिनुपर्ने राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक ढुङगानाले बताए । तर ६ महीनाको अवधिका जम्मा १६ करोड डलरमात्रै भित्रिएको छ । यो वर्ष बढेर ३६ अर्ब आउने अनुमान छ ।

यसरी हिसाब गर्दा ३६ अर्ब आयो भने पनि ४३ प्रतिशत मात्रै रेमिट्यान्स भित्रिने देखिन्छ । यसलाई १०० प्रतिशतमा पुर्‍याउनुपर्ने आजको आवश्यकता भएको उनको भनाइ छ । कोरिया सरकारले गएको जनवरीबाट नेपालीको तलब ११ प्रतिशत बढाएको र नयाँ नीतिलगायतका कारण यसमा प्रभाव पार्ने जनाइएको छ । केही दिनअघि मात्रै कोरियाको जेबी बैंकका पदाधिकारीसँगको विप्रेषण बढाउने विषयमा छलफल भएको थियो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सन् १९५६ ताका २ देशको प्रतिव्यक्ति आय समान रहेकामा अहिले कोरियाको ३० हजार डलर रहेको र नेपालीको १ हजार ४ डलर रहेको उल्लेख गर्दै कोरियाबाट नेपालीले धेरै कुरा सिक्नुपर्ने बताए ।

उनले नेपालमा वित्तीय स्रोतको अभाव रहेको भन्दै स्थायी सरकार निर्माणसँगै औद्योगिक वातावरण बनेकाले लगानी गर्न कोरियालाई आग्रह गरे । कोरियाको जेबी बैंकका प्रमुख कार्यकारी अधिकृत लिम योङ टेइले नेपालीले जेबी बैंकमार्फत कारोबार बढाइरहेको जानकारी दिँदै उक्त बैंकमा ३ हजार नेपाली जोडिएको बताए ।

तपाईको प्रतिक्रिया