प्रलेस गण्डकीको अध्यक्षमा लाेकबहादुर थापा

रासस, बलेवा
प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेशको अध्यक्षमा लोकबहादुर थापा चयन हुनुभएको छ । शनिबार पोखरामा सम्पन्न प्रथम प्रदेश सम्मेलनले थापाको नेतृत्वमा ३५ सदस्यीय प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेश चयन गरेको हो ।
सङ्घको उपाध्यक्षमा परशुराम कोइराला र विजया सुवेदी, सचिवमा नारायण मरासिनी, कोषाध्यक्षमा नारायण श्रेष्ठ र सहसचिवमा दिनेश शर्मा चयन हुनुभएको छ । गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्ष पदेन सदस्य रहने गरी बाँकी २९ सदस्य चयन भएको निर्वाचन समितिका संयोजक प्रा डा रविलाल अधिकारीले जानकारी दिनुभयो ।
सम्मेलनमा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लाका प्रगतिशील लेखकको सहभागिता रहेको थियो । प्रथम सम्मेलनलाई सम्बोधन गर्दै सङ्घका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले लेखकले देशको शासन व्यवस्थालाई सुधार गर्न सक्ने भन्दै सत्ताको विपक्षमा रहेर कमीकमजोरीको विषयमा खबरदारी गर्न आग्रह गर्नुभयो ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया