सिके राउतलाई प्रहरीको सुरक्षा

समाधान संवाददाता २०७५ फागुन २६ गते १५:५४

समाधान संवाददाता, काठमाडाैं

२४ गते सरकारसँग ११ बुँदे सहमति गरेका सिके राउतलाई त्यसपछि प्रहरीले सुरक्षा  दिइरहेको छ। राउतलाई सुरक्षा थ्रेट हुन सक्ने भन्दै नेपाल प्रहरीले सुरक्षाको व्यवस्था गरेको हाे। राष्ट्रिय सभागृहमा आउँदा राउतको  सुरक्षामा नेपाल प्रहरीका नायब निरीक्षक खटिएका थिए।

त्यसपछि उनको सुरक्षामा स्थानीय प्रहरी खटिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। राउतलाई अंगरक्षक दिनेबारे भने निर्णय नभएको उनले बताए।

Advertisement

‘मूलधारको राजनीति गर्ने सहमति गरेकाले उहाँलाई आफ्नै समूहभित्रबाट पनि खतरा हुन सक्छ भनेर प्रहरीले सुरक्षा हेरेको हो,’ सुवेदीले भने, ‘उहाँ जताजता जानुहुन्छ। त्यहाँको स्थानीय प्रहरीले सुरक्षा दिन्छ।’

अलग मधेस देश बनाउने भन्दै ६ वर्षअघि राउतले स्वतन्त्र मधेस गठबन्धन बनाएका थिए।

Advertisement

तपाईको प्रतिक्रिया