कांग्रेस जति समावेसी कुनै पार्टी छैन- देउवा

समाधान संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जस्तो समावेसी र विधिमा चल्ने पार्टी देशमा अरु नभएको दावी गरेका छन् । नेपाली कांग्रेसले महासमिति बैठकबाट पार्टीलाई समावेशी बनाएकाले अब कांग्रेस सशक्त तवरले अघि बढ्ने बताए । सभापति देउवाले दुई तिहाईको सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाए ।
अहिलेको सरकारले अत्यधिक कर बढाएर जनताको ढाड सकेको उनको दाबी छ । नेपाली कांग्रेस बागलुङले आयोजना गरेको सभामा देउवाले अहिलेको सरकारले जनतालाई उखान टुक्कामा भुलाएको बताए । उनले भने, ‘देश विकासका लागि योजना, क्रियाशिलता र चाहना चाहिन्छ ।’
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारका सामु कुनै चुनौती नहुँदा पनि सरकारले काम गर्न नसकेको तर्क गरे । सरकारको नेतृत्व गरिरहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र सरकारको राष्ट्रवाद सिके राउतको पथमा गएर बिलाएको बताए ।







‘प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’
प्रदेश सङ्ग्रहालयमा कोसेली घर बन्दै
पिस पोस्टरमा युनिशा पहिलो
कुमुदिनी माविमा वादविवाद प्रतियोगिता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया