आलुले मूल्य पाएन
समाधान संवाददाता
२०७५ फागुन २७ गते ८:४८
समाधान
आलुका लागि चर्चित हेमजामा किसान अहिले आलु खन्न व्यस्त छन् । यहाँ चैत २२ देखि वैशाख १ गतेसम्म दशौ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुँदै छ । महोत्सवको तयारी भइरहदा किसानलाइ भ्याइनभ्याइ छ । किसानले भने श्रम र लगानी अनुसार आलुले मूल्य नपाएको बताउने गरेका छन् ।
अन्य तरकारीमा जस्तै आलुमा पनि सन्तोषजनक मूल्य नपाएको किसान बताउँछन् । चैतको अन्तिम साता हुने उक्त महोत्सवको तयारी तीव्र पारिएको आयोजक संस्था विष्णुपादुका युवा क्लब हेमजाले जनाएको छ । ‘सुन्दर ठाँउ हेमजा जाऊ, आलुका स्वादिष्ट परिकार खाऊ, आलु एक परिकार अनेक भन्ने नाराका साथ महोत्सव हुन लागेको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया