विप्लव कार्यकर्ता पक्राउ

समाधान संवाददाता २०७५ फागुन २७ गते ९:१९

समाधान
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्प्युटर पार्टी (नेकपा) का कास्कीका केही कार्यकर्तालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । पोखरा १५ ढुंगेसाँघुभन्दा दक्षिणमा फूलबारी रिसोर्ट भएनजिकै राति बैठक गरिरहेका बेला प्रहरीले घेरा हालेको थियो ।

त्यहाँ झन्डै २० जना जतिको संख्याका कार्यकर्ता बैठक गरिरहेको स्रोत बताउँछ । देशैभरि विप्लव कार्यकर्तामाथि सरकार कडा रुपमा प्रस्तुत भइरहँदा कास्कीमा पनि उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरु विप्लवको पार्टीका मजदुर फाँटका नेता कार्यकर्ता रहेको प्रहरी स्रोत बताउँछ । कास्की प्रहरीका एक उच्च अधिकारीले भने, ‘छानबिन गर्दैछौं, कुन तहका नेता हुन् भन्ने खुलिसकेको छैन ।’

Advertisement

तपाईको प्रतिक्रिया