सुरेन्द्र र सञ्जीवको जोडी ब्याडमिन्टनमा प्रथम

समाधान संवाददाता २०७५ फागुन २७ गते ९:२१

समाधान

लायन्स क्लब अफ पोखरा अन्नपूर्णद्वारा पोखरामा आयोजित ग्याल्पो स्मृति ११ आंै अन्तर लायन्स ब्याडमिन्टन प्रतियोगितामा लायन्स क्लब अफ बेनी सिटीका सुरेन्द्र हमाल र सञ्जीव अधिकारीको जोडी प्रथम भएको छ ।

खुलातर्फको प्रतियोगिताको फाइनल खेलमा लायन्स क्लब अफ पोखरा फेवा लेक सिटीका नरबहादुर गुरुङ र मिन गुरुङको जोडीलाई पराजित गर्दै खुलातर्फको उपाधी सुरेन्द्र र सञ्जिवको जोडीले चुमेको हो । खुलातर्फ लायन्स क्लब अफ पिस चौतारीका होम गुरुङ र फणिन्द्र तिमिल्सिना तथा लायन्स क्लब अफ गोल्डेन चौतारीका विशाल खड्का र विश्व अधिकारीले तृतीय स्थान प्राप्त गरे । भेट्रान्सतर्फ लायन्स क्लब अफ पोखरा फेवा लेक सिटीका नरबहादुर गुरुङ र मिन गुरुङको जोडीले प्रथम स्थान हाँसिल गर्‍यो । फाइनलमा लायन्स क्लब अफ पोखरा अन्नपूर्णका सुरेश श्रेष्ठ र यदु अधिकारीको जोडीलाई पराजित गर्दै गुरुङ जोडीले उपाधी प्राप्त गरेका हुन् ।

Advertisement

प्रतियोगितामा लायन्स क्लब अफ पोखरा अन्नपूर्णका डम्मरसिंह गुरुङ र दुर्गा जोजिजु तथा लायन्स क्लब अफ आँगनका श्याम श्रेष्ठ र रामकृष्ण श्रेष्ठले तृतीय स्थान हाँसिल गरे । लायन्स क्लब अफ फेवा लेकसिटीले उत्कृष्ट क्लबको पुरस्कार प्राप्त गर्‍यो । त्यसैगरी स्वर्गीय ग्याल्पो लामाका श्रीमति विन्ध्येश्वरी लामा, सोनाम साङ्पो लगायतले पुरस्कार वितरणमा सहयोग गरेका थिए । कार्यक्रममा डिस्ट्रिकका पिएमसिसी प्रेमबहादुर श्रेष्ठ, चिफ एडभाइजर धु्रव श्रेष्ठ, क्लबका अध्यक्ष दिनेश तुलाचन, कार्यक्रम संयोजक यदुनाथ अधिकारी लगायतले बोलेका थिए । गण्डकी प्रदेशका सांसद कृष्ण थापाले विजयी खेलाडीलाई पुरस्कृत गरेका थिए भने कार्यक्रमको उद्घाटन सांसद दीपक कोइरालाले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया