अन्तर्राष्ट्रिय माउन्टेन बाइककाे उपाधि क्यानडाका कोरीलाई

समाधान संवाददाता २०७५ फागुन २७ गते ९:२४

समाधान

स्याङ्जा वालिङमा भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानेडाका कोरी वालेसले चुमेका छन् । सहासिक गन्तव्य बनाउने उद्देश्यले एमटीबी च्यालेन्ज १ सय किमी १ दिवसीय प्रतियोगितामा ६ घण्टा २० मिनेट २८ सेकेन्डमा दुरी पार गर्दै विनर अफ दी इयर एमटीबी च्यालेन्ज सकिएको छ । उपाधिसँगै ५ लाख रुपैयाँ र ट्रेलको नामकरण र प्रमाण पत्र प्राप्त गरेको कल्चर नेचर र एड्भेन्चर (क्यान) का अध्यक्ष दीनकर नेपालले जानकारी दिए ।

महिलातर्फ लक्ष्मी मगर प्रथम भइन् । उनले ३ लाख नगद जितेकी छन् । पुरुषतर्फ हर्कबहादुर गुरुङ प्रथम हुँदै १ लाख ५० हजार नगद हात पारे । प्रतियोगितामा कमल ओली, सन्तोष गुरुङ, लगायत विजयी बने । अन्तर्राष्ट्रियस्तरको प्याराग्लाइडिङ प्रतियोगिता भर्खरै सम्पन्न गरेको स्याङ्जामा साहसिक खेल प्रतियोगिता भएको हो ।

Advertisement

वन्डरफुल वालिङ पर्यटन विकास संस्थाले गरेको प्रतियोगितामा क्यानडाका २ खेलाडीसहित २७ जनाले भाग लिएका थिए । प्रतियोगिता समापनमा नगरप्रमुख दिलीपप्रताप खाँण, संस्थाका अध्यक्ष दीनकर नेपाल लगायतले माटो र भूगोल सुहाउँदो पर्यटकीय गन्तब्य बनाउन प्रदेश र स्थानीय तहको सहयोग आवश्यक हुनेमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया