प्रलेस गण्डकीमा लोकबहादुर

समाधान संवाददाता २०७५ फागुन २७ गते ९:३१

समाधान

प्रगतिशील लेखक संघ गण्डकी प्रदेशको अध्यक्षमा लोकबहादुर थापा निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको प्रथम प्रदेश सम्मेलनले थापाको नेतृत्वमा ३५ सदस्यीय समिति गठन गरेको हो ।

संघको उपाध्यक्षमा परशुराम कोइराला र विजया सुवेदी, सचिवमा नारायण मारसिनी, कोषाध्यक्षमा नारायण श्रेष्ठ र सहसचिवमा दिनेश शर्मा छन् । गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्ष पदेन सदस्य रहने गरी बाँकी २९ सदस्य चयन भएको निर्वाचन समितिका संयोजक प्राडा रविलाल अधिकारीले बताए । सम्मेलनमा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लाका प्रगतिशील लेखकको सहभागिता थियो ।

Advertisement

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले लेखकले देशको शासन व्यवस्थालाई सुधार गर्न सक्ने भन्दै सत्ताको विपक्षमा रहेर कमीकमजोरीको विषयमा खबरदारी गर्न आग्रह गरे । उनले प्रगतिशील लेखक संघको औचित्य सकिएको भन्ने तर्क मिथ्या रहेको दाबी गरे ।

Advertisement

तपाईको प्रतिक्रिया