वार्षिकोत्सवको उपलक्ष्यमा प्राइमको आँखा शिविर

समाधान संवाददाता २०७५ फागुन २७ गते ९:४२

समाधान

प्राइम बचत तथा ऋण सहकारीले नवौं वार्षिकोत्सवको उपलक्ष्यमा निशुल्क आँखा शिविर आयोजना गरेको छ । हिमालयन आँखा हस्पिटलको प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ११ जनाको आँखा जाँच र आवश्यकता भएकालाई औषधी, चस्मा निशुल्क गरिएको छ ।

कार्यक्रममा सहकारीका अध्यक्ष निदेशप्रसाद कोइराला, पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल, सहकारकिा व्यवस्थापक निरु थापा लगायतले आँखाको हेरचाह र शिविरबारे बालेका थिए । शिविरमा परीक्षण गर्दा आँखाको शल्यक्रिया गर्नुपर्ने सबैलाई अपरेसनको व्यवस्था गरिने जनाइएको छ ।

Advertisement

सवा अब कारोबार रहेको प्राइमले लेखनाथ र बगरमा सेवा केन्द्र खोलेको छ । यसको प्रधान कार्यालय गैह्रापाटनमा छ । प्राइमले केही दिनअघि पोखराको लेकसाइडबाट एटिएम सेवासमेत सुरुआत गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया