स्पर्स लघुवित्त-साहारा सम्झौता

समाधान संवाददाता २०७५ फागुन २७ गते ९:४५

समाधान

स्पर्स लघुवित्त वित्तीय संस्था र साहारा हस्पिटल पोखराबीच छुटसम्बन्धी सम्झौता भएको छ । वित्तीय संस्थासँग आवद्ध गा्रहक, कर्मचारी, सेयर होल्डर र परिवारका सदस्यलाई हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवा तथा सुविधामा छुट दिइनेछ ।

सम्झौता पत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सजल खड्का र हस्पिटलको तर्फबाट सञ्चालक समिति अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा उल्लेख भए अनुसार वित्तीय संस्थासँग आवद्ध गा्राहक सदस्य, कर्मचारी तथा सेयरधनी र तिनीहरुको परिवारलाई हस्पिटलले सम्पूर्ण उपचारमा १५ प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट दिने भएको छ । यस किसिमको सम्झौताले वित्तीय संस्थाका गण्डकी प्रदेशका ११ वटा शाखा कार्यालयका ग्रामीण भेगमा बसोवास गर्ने कमजोर आर्थिक अवस्था भएका करिब ८ हजार ग्राहक सदस्य तथा तिनका परिवारलाई राहत मिल्ने र गुणस्तरीय सेवा प्राप्त हुने कुरामा विश्वस्त रहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत खड्काले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया