मुस्ताङमा ३ होमस्टेलाई पुँजीगत अनुदान

समाधान संवाददाता २०७५ फागुन २७ गते १७:०१

सुन्दरकुमार थकाली

सम्वन्धित स्थानीयतहको सिफारिस सहित पुजिगत अनुदानका लागि निवेदन दिएका मुस्ताङका ३ होमस्टेले शुक्रबार पुँजीगत अनुदान प्राप्त गरेका छन् ।उनीहरुलाई होमस्टे संञ्चालन गर्न पाउने प्रमाणपत्र सहित गण्डकी प्रदेशले पहिलो किस्ता उपलब्ध गराएको हो ।

ग्रामीण होमस्टे प्रर्वधनका लागि प्रदेशका ११ जिल्लाका २ सय २८ होमस्टेले पुँजिगत अनुदानका लागि आवेदन दिएका थिए ।आवेदन दिएका होमस्टे मध्ये १ सय ९० होमस्टेले पहिलो मान्यता पाएका हुन् ।बाँकी २८ होमस्टेलाई कागजपत्र अपुग भएकाले पेन्डिङमा राखिएको हो ।

Advertisement

मुस्ताङका ३ स्थानीयतहका -१ होमस्टे छनौटमा परेका हुन् ।जसअन्तर्गत लोमान्थाङ गाउँपालिका ४ चुम्जुङको समुडिक होमस्टे,लोघेकर दामोदरकुण्ड गाउँपालिका १ को मराङ होमस्टे र घरपझोङ गाउँपालिका ५ ठिनीको थकाली सामूदायिक होमस्टे छन् ।पहिलो वर्ष छनौट भएका १ सय ९० होमस्टेलाई पहिलो किस्ता ४० प्रतिशत उपलब्ध गराउने प्रावधान अनुसार ४ -४ लाख अनुदान दिईएको डिभिजन बन कार्यालय मुस्ताङका बन अधिकृत यमनाथ पोख्रेलले जानकारी दिए ।उनका अनुसार छनौट होमस्टेलाई बाँकी किस्ता क्रमागत रुपमा उपलब्ध हुने जनाए ।

प्रदेश सरकारबाट पुँजिगत अनुदान पाएका होमस्टेले उक्त रकम ग्रामिण होमस्टे प्रर्वधन अन्तर्गत खानेपानी,सडक निर्माण,बिद्युत र सामूदायिक भवन लगायतका पूर्वाधारमा खर्च गर्नुपर्ने पोख्रेलको भनाई छ ।

Advertisement

गण्डकी प्रदेशले ११ जिल्लाबाट छनौट गरेका होमस्टे मध्ये सबैभन्दा बढी पर्वत र स्याङ्जाका छन् ।जहाँ ४२ ÷४२ होमस्टेलाई छनौट गरिएको हो भने सबैभन्दा कम मनाङमा २ मात्र होमस्टे छनौट भएको हो ।ग्रामिण होमस्टे संञ्चालन गर्दा स्थानीय उत्पादन ,कला संस्कृति र सुलभ आवास तथा भोजनको व्यवस्था हुनुपर्ने प्रावधान छ ।

तपाईको प्रतिक्रिया