गौरवको डोजरमा अज्ञात समूहले आगो लगाए

कञ्चनपुर
कृष्णपुर नगरपालिका–५ गुलरीस्थित महाकाली गौरव विल्र्डसको क्रसर उद्योगको जेसिभीमा अज्ञात समूहले आज बिहान आगजनी गरेको छ ।
क्रसर उद्योगमा राखिएको रु ४५ लाख मूल्य पर्ने से १ क २५८ नम्बरको जेसिभीमा आगजनी गरिएको हो । इलाका प्रहरी कार्यालय गुलरीका अनुसार पेट्रोल छर्केर जेसिभीमा आगजनी गरिएको छ ।
घटनास्थलबाट प्रहरीले क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भएको, मजदूरको श्रम शोषण गरेको र इनक्लाब जिन्दावादलगायतका कुरा उल्लेख भएको पर्चा बरामद गरेको छ । क्रसर उद्योगका सञ्चालक प्रमानन्द कपाडीले पर्चामा उल्लेख भएअनुसारको कुनै पनि कार्य उद्योगमा नगरिएको बताउनुभयो ।
“उद्योग मापदण्डअनुसार सञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “कुनै पनि मजदूरको श्रम शोषण गरेका छैनौँ ।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले आगजनी गर्ने समूहको खोजी भइरहेको बताउनुभएको छ ।








केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया