महिला सशक्तीकरण तालिम

समाधान
नारी दिवसको अवसर पारी मादी ६ तप्राङमा सञ्चालन गरिएको उद्घोषण तालिम सकिएको छ । ३ दिनसम्म सञ्चालन भएको तालिमको समापन समारोहमा मादी ६ का अध्यक्ष पसबहादुर बास्तोलले महिला सशक्तीकरणमा मादी गाउँपालिकाले विशेष महत्व दिएको बताए । तालिमपछि महिलामा आत्मविश्वास बढेको र व्यावहारिक परिवर्तन देखिएको उल्लेख गरे । तालिमका मुख्य प्रशिक्षक गोविन्द थापा सिञ्जालीले सफलता प्राप्तिका लागि निरन्तर अभ्यासमा लागिरहन प्रशिक्षार्थीलाई आग्रह गरे ।
महिला सञ्जाल तप्राङका अध्यक्ष दुर्गादेवी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु शिव बराल त्रिपाठी, सुन्दरी परियार ,महारुद्र माविका प्रधानाध्यापक गंगाधर बराल, एक्याप इलाका संरक्षण समिति सिक्लेसका सचिव दीपक बराल, वडा सचिव सूर्यबहादुर पाण्डे, कृषि प्राविधिक मनु थापा लगायतले बोेलेका थिए । तालिममा ५० जना महिलाको सहभागिता थियो ।







एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेल विजयी
८३ वर्षमा ‘धान्द्रुके बाजे’ बने चन्द्रबहादुर, पाए नागरिकता र भत्ता
अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया