उपचारमा युवा बौद्ध संघको सहयोग

समाधान संवाददाता २०७५ फागुन २८ गते ८:४४

समाधान

युवा बौद्ध संघ धर्मशीला बुद्ध बिहार नदीपुर पोखराको आयोजनामा शनिबार बहादुरे माध्यामिक विद्यालय भदौरे देउरालीमा निःशुल्क आँखा शिविर भएको छ ।
त्यस अवसरमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले अन्य संस्थाले पनि यस्ता प्रकृतिका शिविरहरु आयोजना गर्ने गरेको भए पनि युवा बौद्ध संघले गरेको शिविरमा बिरामीले बढी लाभ लिएको बताए ।

हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोग भएको शिविरमा २५२ जनाले आँखाको परीक्षण गरिएको थियो । तीमध्ये १७ जनामा मोतियाबिन्दु भेटिएको शिविर संयोजक आनन्द बज्राचार्यले बताए ।

Advertisement

मोतिया बिन्दु भएका १७ जनाको थप उपचारका लागि पोखराको हिमालयन आँखा अस्पतालमा रिफर गरिएको छ । थप उपचारमा आवश्यक पर्ने सबै बिमारीको अप्ररेसन शु्ल्क, उपचार गर्न आउने बिरामी र कुरुवाको यातयात खर्च, खान, बस्न लाग्ने शुल्क संघले नै सहयोग गर्ने संयोजक बज्राचार्यले बताए ।

संघका अध्यक्ष सुदिप प्रधानांगको सभापतित्वमा सम्पन्न भएकोे कार्यक्रममा भन्ते धम्मरत्नले पञ्चशील प्रदान गरे । कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं ४ का अध्यक्ष भरत केसी, हिमालयन आँखा अस्पतालका डा.सुभाष नेपाल, बहादुरे माध्यामिक विद्यालयका प्रमुख रामप्रसाद पौडेल लगायतले मन्तव्य राखे ।

Advertisement

तपाईको प्रतिक्रिया