सुकुम्बासीलाई लालपुर्जा देऊ: प्रचण्ड

समाधान संवाददाता २०७५ फागुन २८ गते ८:५०

समाधान संवाददता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा रहेको भूमी सुधार समस्याको समाधान गर्दै सरकार स्वयंले हस्तक्षेप गरेरै भए पनि सुकुम्बासीलाई लालपुर्जा दिनु पर्ने बताएका छन् ।

नेकपाले चुनावी समयमा घोषणापत्रमा उल्लेख गरे अनुरुप भूमीप्रदान गर्ने विषयलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । उनले अहिलेको सरकाले भूमी सम्बन्धी काम गर्न नसको कम्युनिस्ट पार्टीको काम नरहेको बताए । राष्ट्रिय भूमी अधिकार मञ्च नेपालको ५ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री दाहालले भूमीविहीको समस्या समाधान गर्नु पर्ने बताएका हुन् ।

Advertisement

सुकुम्बासी पहिचान गरी परिचयपत्रमार्फत राज्यको हरेक क्षेत्रमा पहुँच पुर्‍याउने किसिमले काम गर्नु पर्नेमा जोड दिए । उनले भने, ‘हामी कछुवा गतिमा गएर हुँदैन अब काम तीव्ररुपमा जानै पर्छ, प्रचण्डले भने, ‘जनताको समस्या समाधान नगरे अब कम्युनिस्ट पार्टी हट्ने निश्चित छ ।’ पार्टीमात्र भनेर नबस्ने जनताले भाषण भन्दा पनि परिणाममुखी विकास खोजेको धारणा व्यक्त गरे । उदघाटन सत्रमा बोल्दै दाहालले उचित समयमा सम्मेलन भएको बताए । ‘तपाइँहरुले उचित समयमा सम्मेलन गर्नु भयो, नेता प्रचण्डले भने, ‘भूमी सुधार ऐन पारित हुने संघारमा सम्मेलन गर्नुले पक्कै पनि सरकारलाई सचेत गराएको छ ।’ सम्मेलनले कानुन निर्माणमा प्रत्यक्ष प्रभाव पर्ने बताउँदै अध्यक्ष दाहालले भूमी सुधार ऐन वैज्ञानिक ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

भूमी सुधार सम्बन्धी नीति निर्माण पहिले नै हुँदासमेत राजनीतिक अस्थिरताले कार्यान्वयन हुन नसकेको बताए । सभामा भूमी सुधार मन्त्री पदमा अर्यालले भूमी नभएलाई जमीन उपलब्ध गराउन सरकार सम्वेदनशील रहेको बताइन् । सुकुम्बासीको नाममा बिचौलियाले जमीन हात पार्ने गरेको प्रसंग कोट्याउँदै सरकारलाई डर लागको बताइन् । उनले सुकुम्बासीको समाधान गर्न केहि दिनमै मन्त्री परिषद्बाट योजना पारित हुने बताइन् ।

Advertisement

भूमी अधिकार मञ्च नेपालको ५ औं राष्ट्रिय सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले स्पष्ट भूमी नीति बनाउनु पर्नेमा जोड दिए । उनले कृषि योग्य जमीन धमाधम प्लटिङ गरी आवास क्षेत्रमा परिणत हुनु नेपाललाई ठूलो घाटा हो भन्दै जमीनको उत्पादन क्षमता बढाउने अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिए । उनले नेपाली जमीनमा उत्पादनमा ह्रास आएको बताउँदै भूमी नभएका नेपाली नागरिकलाई राज्यले उचित ढंगले लालपूर्जा प्रदान गर्नुपर्नेमा जोड दिए ।

कांग्रेसका प्रखर वक्ता महतले जनताको पक्षमा काम गर्दा कांग्रेसको साथ हुने उल्लेख गर्दै सुकुम्बासी समस्या सदाकालागि हल गर्नुपर्नेमा जोड दिए । अधिकार मञ्चको ५ औं राष्ट्रिय सम्मेलन फागुन २९ गतेसम्म पोखरामा चल्ने भूमी अधिकार मञ्च गण्डकी प्रदेशका सचिव आसबहादुर गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया