भवन अभावमा एउटै कोठामा ३ वटा कक्षा

सांकेतिक तस्विर
कृष्ण न्यौपाने
तनहुँको घिरिङ गाउँपालिका ४ साभुङस्थित राजपुर प्राथमिक विद्यालयमा एउटै कोठामा ३ वटा कक्षा सञ्चालन गरिएको छ । विसं २०७२ सालको भूकम्पले विद्यालय भवन क्षतिग्रस्त बनाएपछि भवनको अभावमा एउटै कोठामा ३ वटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको हो ।
विद्यालयका प्रधानाध्यापक डम्बरसिं थापाले कोठाको अभावमा कक्षा १, २ र ३ का विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनु परेको बताए । उनका अनुसार कक्षा ४ र ५ का विद्यार्थीलाई समेत अर्को एउटा कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको छ । उनले भने, ‘भूकम्पले भवन क्षतिग्रस्त बनायो, नयाँ भवन बनिरहेको छ । भवन सम्पन्न नभएसम्म वैकल्पिक व्यवस्थाको रुपमा एउटै कोठामा राखेर कक्षा सञ्चालन गरिरहेका छाैं ।’
४ वटा मात्र कोठा रहेको उक्त विद्यालयको भवनको एउटा कोठामा कार्यालय सञ्चालन गरिएको छ भने अर्को कोठामा बालविकास केन्द्र सञ्चालन भइरहेको छ । बाँकी २ वटा कोठामा बहुकक्षा शिक्षण पद्धतिको प्रयोग गर्दै ३ वटासम्म कक्षाका विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका शिक्षिका सावित्री विकले जानकारी दिइन् । एउटै कोठामा धेरै कक्षाको विद्यार्थी राखेर पढाउनुपर्दा विद्यार्थीमा शिक्षण सिकाई उपलब्धी नहुने हो की भन्ने चिन्ता लागेको उनले बताइन् । उनले भनिन्, ‘एउटा कक्षालाई पढाइरहँदा अर्काे कक्षाको विद्यार्थीले सोध्छन्, अनि अर्काे कक्षाकोले जवाफ दिन्छन् । हामीलाई पनि पढाउन समस्या भइरहेको छ ।’ उनका अनुसार यस्तो अवस्थामा पाठ्य पुस्तक भन्दा पनि विषय मिल्ने पाठ्यक्रमलाई जोड दिएर पढाउने गरिएको छ ।
३ जना शिक्षक रहेको उक्त विद्यालयमा कक्षा ४ र ५ को लागि १ जना शिक्षकले पढाउँछन् भने कक्षा १, २ र ३ को लागि भने २ जना शिक्षक÷शिक्षिका नै जानुपर्ने बाध्यता रहेको शिक्षिका मनकुमारी श्रेष्ठले बताइन् । कक्षा १ र ३ को पाठ्यक्रममा केही भिन्नता भएको कारण २ जना शिक्षक नै चाहिने उनको भनाई छ । कक्षा ५ मा अध्ययनरत छात्रा मनिषा थापाले एउटै कोठामा फरक–फरक कक्षाका विद्यार्थीहरु बसेर अध्ययन गर्दा अध्ययन प्रभावकारी नभएको बताइन् । १ जना शिक्षकले २ वटा कक्षाका विद्यार्थीलाई एकैचोटी पढाउँदा पढाएको बुझ्नसमेत समस्या भएको उनको भनाई छ । कक्षा ४ मा अध्ययनरत लक्ष्मी परियारले २ वटा कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउँदा रमाइलो भए पनि पढाईमा उपलब्धी हुन नसकेको बताइन् । विद्यालयमा २१ जना विद्यार्थी अध्ययनरत छन् ।
भूकम्पले विद्यालय भवन क्षति भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) को सहयोगमा विद्यालय भवन पुनर्निर्माण भइरहेको इकाई प्रमुख सूर्य क्षेत्रीले जानकारी दिए । २ कोठाको निर्माणाधीन भवनको काम आगामी शैक्षिक सत्रको सुरुआतसम्म सकिने क्षेत्रीले बताए । उनले भने, ‘भवन निर्माण भए पछि एउटै कोठामा धेरै कक्षाका विद्यार्थी राखेर पढाउनुपर्ने समस्या केही भए पनि हल हुन्छ ।’









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया