पोखरा र झापाका सहकारीबीच अन्तक्र्रिया

समाधान संवाददाता २०७५ फागुन २८ गते ९:१३

समाधान

हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था पोखरा र झपास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबीच अन्तक्र्रिया भएको छ । हाम्रो सहयोगी र नेपाल बहुउद्देस्यीय सहकारीका सेयर सदस्यबीच अध्ययन अवलोकन भ्रमणका क्रममा अन्तरक्र्रिया भएको हो ।

अन्तक्र्रियामा राष्ट्रिय सहकारी बैंक लेखा सुपरीवेक्षण समितिका संयोजक तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सहकारीले गरेका विभिन्न गतिविधि तथा अवस्थाको बारेमा जानकारी दिँदै प्रभाकारी लक्ष्य भएमात्र सेयर सदस्यको हित हुने धारणा राखे ।

Advertisement

हाम्रो सहयोगी बचत तथा ऋण सहकारीका अध्यक्ष शिवप्रसाद सापकोटाले सहकारी बारेमा जानकारी दिँदै झापामा क्रियाशील मध्ये उत्कृष्ट सहकारीको योजना आफूलाई लाभदायक हुनेमा जोड दिए । सेयर सदस्यको क्षमता अभिबृद्धिसहित अध्ययन अवलोकनमा चासो बढाउन भ्रमण आयोजना गरिएको सहकारीका सचिव नवीनकिरण भुषालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया