विप्लव नेतृत्वको बन्दका कारण कक्षा ८ को परीक्षा स्थगित

समाधान संवाददाता २०७५ फागुन २९ गते ८:२१

समाधान

पोखरा महानगरपालिकाले आधारभूत तह कक्षा ८ को फागुन ३० गतेको परीक्षा स्थगित गरेको छ ।

महानगरका उपसचिव हेम प्रसाद आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त दिनको पेसा व्यवसाय र प्रविधि विषयको परीक्षा चैत ७ गते बिहान १०ः३० बजे सञ्चालन हुने जनाइएको छ । विशेष कारणले स्थगित गरिएको भनिए पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको बन्दका कारण परीक्षा तालिका प्रभावित भएको बताइन्छ । अन्य दिनका परीक्षा भने पूर्व निर्धारित तालिका अनुसार सञ्चालन हुनेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया