नागरिकता अभिलेख व्यवस्थित

समाधान संवाददाता २०७५ फागुन २९ गते ९:१६

समाधान

२०२३ सालदेखि नागरिकता वितरण थालेको जिल्ला प्रशासन कार्यालय पर्वतले ५२ वर्षपछि अभिलेख व्यवस्थापन गर्न थालेको छ । कार्यालयमा भएका कागजपत्र कपडाभित्र पोको पारेर राख्ने गरिएकोमा पहिलो पटक फाइलिङमार्फत व्यवस्थित बन्न लागेको हो । विगत ७ वर्षदेखि कम्प्युटर प्रणालीमार्फत नागरिकता वितरण गर्दै आए पनि त्यस अघि वितरण गरिएका नागरिकताका फाइलहरु र वितरण गरिएका नागरिकताको विवरण हराउन सक्ने भन्दै व्यवस्थापन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।

उनले भने, ‘आफू सरुवा भएर पर्वत आए देखिनै अभिलेख व्यवस्थापनलाई प्रभावकारी ढंगले अघि बढाएको छ । ‘अब जुनसुकै वर्ष निकालेको नागरिकताको विवरण हेर्नु परे पनि तत्काल भेटिन्छ,’ उनले भने, ‘कुनै पनि व्यक्तिले दोहोरो नागरिकता लिन सक्ने अवस्था रहँदैन ।’ उनले भने, कर्मचारीलाई खोज्नका लागि पनि सहज हुनेछ ।’

Advertisement

जिल्ला प्रशासन कार्यालय पर्वतबाट हालसम्म २ लाख १९ हजार १ सय ६३ वटा नागरिकता वितरण भएको छ । वंशजका आधारमा नागरिकता लिनेको संख्या २ लाख १८ हजार ८ सय ५, जन्मसिद्ध नागरिकता २, वैवाहिक अंगिकृत नागरिकता १ सय ३७ र कर्मचारी परिवार २ सय १९ जनाले नागरिकताको प्रमाणपत्र लिएको तथ्यांक छ । अहिले जिल्लाको जनसंख्या १ लाख ४८ हजार छ । जनसंख्या भन्दा झण्डै ७१ हजार बढी नागरिकता जारी भएको कार्यालयले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया