सबै साक्षर हुनैपर्छ- रामशरण

समाधान संवाददाता २०७५ फागुन २९ गते १०:१६

समाधान संवाददाता

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको बताए । बिरुवा ६ स्थित जनप्रिय माविको ४० औं वार्षिकोत्सवमा मंगलबार मन्त्री बस्नेतले सीप बिनाको शिक्षाको औचित्य नभएको बताए ।

रोगगारी पाउने शिक्षा सीपसहितको शिक्षा भएको भन्दै मन्त्रीले शिक्षा जुन सुकै भए पनि लिए हुने बताए । प्रदेश सरकार प्राविधिक शिक्षालय खोल्ने तयारी रहेको बताउँदै मन्त्री बस्नेतले भने, ‘तयारीको लागी ४ जनालाई प्रदेशले चीनमा अध्ययन गर्न पठाएको छ । ’

Advertisement

शिक्षा आर्जन गरेपछि दोहोर्‍याएर पढ्न नपर्ने बताउँदै बस्नेतले २ पटक पढ्नुनपर्ने शिक्षा प्राविधिक शिक्षा भएको दाबी गरे । धेरै थोरै जति पढे पनि सबै नागरिक साक्षर हुनुपर्ने बताउँदै मन्त्री बस्नेतले भने,‘निरक्षर कोही हुन हुँदैन ।’ विद्यार्थीको जिन्दगी शिक्षासँग सम्बन्धित रहेको बताउँदै पढेमा सुख र नपढेमा दुख पाउने उल्लेख गरे ।
बाबुआमाले सुख पाउन छोराछोरीलाई पढाउनु पर्नेमा जोड दिँदै मन्त्री बस्नेतले छोरा, छोरी समान भएको बताए ।

उनले सरकारको सुखी र समृद्ध नेपाल बनाउने महान अभियानमा सबै नानीबाबु अध्ययन गरेर शिक्षित बन्नुपर्ने बताए । संघीयता विकास निर्माण गर्नका लागि ल्याएको बताउँदै मन्त्री बस्नेतले ५ वर्षमा बाटो घाटो, खानेपानी, कुलो कुलेसोको बन्ने बताए । विकास निर्माणको लागि प्रदेश सरकारले बजेट सबै स्थानीय तहमा पठाइएकाले समयमै खर्च गर्नसमेत उनले आग्रह गरे । तीनै तहका सरकार मिलेर सही ढंगले विकास निर्माण गर्नुपर्ने बताउँदै मन्त्री बस्नेतले काम गर्नेलाई बजेटको अभाव नहुने विश्वास दिलाए । ज्याग्दी खोला करिडोरमा यो आर्थिक वर्षमा २० लाख हालेर काम अघि बढेको उल्लेख गर्दै मन्त्री बस्नेतले आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन हुने जानकारी दिए ।

Advertisement

आगामी ५ वर्षभित्र प्रदेशका ८५ वटै स्थानीय तहमा पिच बाटो पुग्ने मन्त्री बस्नेतको भनाइ थियो । कार्यक्रममा पूर्व सांसद धु्रव लम्साल, प्रदेश सभा सदस्य मीनप्रसाद गुरुङ, दीपक चर्तीमगर, फेदीखोला गाउँपालिका अध्यक्ष चुनप्रसाद गुरुङ लगायतले बोलेका थिए ।

मन्त्री नाँचे छमछमी
बिरुवा गाउँपालिका ६ मा रहेको जनप्रिय माविको ४० वार्षिकोत्सवमा प्रदेश मन्त्री बस्नेतसहितका जनप्रतिनिधि नाचेका छन् । स्थानीय कलाकार तथा शब्द संकलक सुजन लम्सालले गाएको गीतमा मन्त्री बस्नेत, प्रदेश सभा सदस्य मीनप्रसाद गुरुङ, दीपक चर्तीमगर, बिरुवा गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्मा लगायतले स्थानीयलाई रमाइलो गराए । कलाकार लम्सालले आफ्नै शब्द तथा रामजी खाणको स्वरमा रहेको गीत ‘फूल फुलेर पहेँलै भयो ……’, ‘डाली नुघ्यो चरी बसेर….’ गीतमा मन्त्री लगायतका जनप्रतिनिधि नाचेका हुन् ।

झोलुङ्गे पुलको शिलान्यास
यसैबीच मंगलबार नै मन्त्री बस्नेतले बिरुवा ६ चिन्नेबासमा गौरीघाट टारी झोलुंगे पुलको शिलान्यास गरेका छन् ।

संघीय झोलुंगे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएको गौरीघाट पुल ६९ लाख १ हजार ७ सय ४३ रुपैयाँ ६२ पैसाको लागतमा निर्माण हुनेछ । पुलमा लगानी क्षेत्रगत कार्यक्रमको ९२ प्रतिशत, बिरुवा गाउँपालिकाको ६ प्रतिशत र उपभोक्ता श्रमदान २ प्रतिशत रहेको छ ।
९० मिटर लम्बाईको पुल असारसम्ममा निर्माण गरिने छ भने पुलले ज्याग्दीखोलामा ओहोर दोहोर गर्न स्थानीयलाई सहज हुनेछ ।

तपाईको प्रतिक्रिया