मुस्ताङमा हिमपातले साँढे ४ करोडको पशु चौपाया क्षति

सुन्दरकुमार थकाली
मुस्ताङ
यसवर्ष लगातार परेको हिमपातको असरले मुस्ताङमा ठलो संख्यामा पशु चौपाया मरे । अत्यधिक चिसो,खानेपानी र चरनक्षेत्र हिउँले ढाकिदा आहारको अभावमा उच्चलेकमा याकचौरी तथा भेडाबाख्रा मरेका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्लाको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड,घरपझोङ र थासाङ गाउँपालिका भित्रका करिव १ सय १७ जना पशुपालक किसानको भेडाबाख्रा १ हजार १६ वटा,चौरीयाक ३ सय ५८ वटा र गाई गोरु ४० वटा समेत गरी १ हजार ४ सय १४ वटा पशु चौपाया मरेको प्रहरी सहायक प्रमुख जिल्ला अधिकारी बिश्वश्वेर रेग्मीले जानकारी दिए ।‘यो प्रारम्भिक रिपोर्ट हो,’अझै बिवरण टिपाउन छुटेका किसान पनि छन्,क्षतिको लगत बृद्धि हुन सक्छ ।’उनका अनुसार हाल सम्मको बिवरण अनुसार मुस्ताङमा ४ करोड २९ लाख बराबरको पशु चौपायाको क्षति भएको जानकारी दिए ।
हिमपातको असरले पशु चौपाया क्षति हुनेमा सबैभन्दा बढी लोमान्थाङ गाउँपालिकाका छन् ।माघ महिना देखिको लगातारको हिमपातले सीमावर्ती गाउँ चुम्जुङ लगायत लोमान्थाङ,घमी,ढाक्मर,घीलिङ ,घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाका पशुपालक किसान छन् ।जिल्ला प्रशासन कार्यालयले शुक्रबार देखि चौपाया क्षति बिवरण संकलन गरेको जनाएको छ ।
सिजनको बाक्लो हिमपातले चौरीयाक तथा भेडाबाख्रा पालन गरेका किसान र चौपाया खर्कमै थुनिएका थिए ।मौसम सुधार आएकाले उच्चलेकमा बचेका चौपायालाई सुरक्षित स्थानमा सारिएको जनाईएको छ ।
प्राकृतिक प्रकोप हिमपातका कारण ठुलो क्षति व्यवहोरेका किसानलाई उचित राहतको माग गर्दै संघीय प्रतिनिधि सभाका सांसद प्रेमप्रसाद तुलाचन र गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले सदनमा आवाज उठाएका थिए ।








लजी लन्ड्री लाउन्ज सञ्चालनमा
विकास तथा भवन निर्माणमा रु ४८ करोडका योजना
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया