१६ औं फेवा महोत्सवकाे तयारी तीव्र

समाधान संवाददाता २०७५ फागुन २९ गते १४:४२

समाधान संवाददाता, पोखरा

आगामी चैत २९ देखि वैशाख १ गतेसम्म पोखराको फेवा किनारमा आयोजना हुने १६ औं फेवा नव वर्ष महोत्सवको तयारी तीव्र पारिएको छ । पश्चिमाञ्चल होटल संघ पोखराले महोत्सव आयोजना गर्न लागेको हो ।

नेपाली खाना र नेपाली संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । संघले ५ दिन लामो महोत्सव आयोजना गर्दै आएको भए पनि यो पटक महोत्सवलाई छोट्याइएको छ ।

Advertisement

दर्शक तथा स्रोताको भीड खासगरी उल्लेखित ३ दिनमा नै बढी हुने विषयलाई ख्याल गरी यस्तो निर्णय लिइएको अध्यक्ष तुलाचनले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया