मुस्ताङमा सार्वजनिक बिदामा सरकारी गाडीलाई चल्न रोक

सुन्दरकुमार थकाली
मुस्ताङ
सार्वजनिक बिदाका समय पास बिना सरकारी निकायका सवारी साधन गुडेमा रोक लगाईने भएको छ । प्रदेश प्रहरी कार्यालय पोखराको निर्दैशानुसार सुरक्षालाई मध्यनजर गर्दै सरकारी निकायका सवारीलाई यस्तो नियम अनिवार्य गराईएको हो ।
फागुनको पहिलो साता देखि लागु हुने गरी मुस्ताङमा पनि यस्तो नियम लागु भएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका ट्राफिक असई बिष्णुपल्ली मगरले जानकारी दिए । उनका अनुसार सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन चलाउन परेको खण्डमा जिल्ला प्रशासन कार्यालयको अनुमतीपत्र अनिवार्य गराईएको हो । ‘सुरक्षाका दृष्ट्रिले सरकारले यस्तो अवधारणा बनाएको हो,’उनले भने,‘बिना आफुखुसी सरकारी गाडी चलाईएको पाईएमा अबिलम्ब नियमन्त्रणमा लिई कारवाही गछौं ।’
यता,सार्वजनिक बिदा तथा कार्यालयको काम बेगर मनोमानी रुपमा सरकारी नम्बर प्लेटका गाडीहरु अन्धाधुन्द प्रयोग गर्दै दुरुपयोग भएको स्थानीय स्तरमा जनगुनासो बढ्दै गईरहेको बेला सरकारले यस्तो नियम लागु गरेकोमा स्थानीय सरोकारवालाले स्वागत गरेका छन् । ट्राफिक असई पल्लीमगरका अनुसार सार्वजनिक बिदामा सुरक्षा संग जोडिएको प्रहरी,सेना र प्रशासनका सवारी साधनको हकमा पास अनिवार्य नभएको खुलाए ।
मुस्ताङका ५ वटै स्थानीय निकायका जनप्रतिनिधि तथा कर्मचारीका निम्ति सरकारी गाडीको बन्दोबस्त छ । यस्ता गाडी सहि काममा प्रयोग भएको नभएको अनुगमन समेत हुन जरुरी रहेको स्थानीयको भनाई छ ।‘अफिसियल काममा सरकारी गाडी प्रयोग गर्न पाउनु अधिकारको कुरा हो,’एक सरोकारवालाले भने,‘तर,सरकारी कामको बाहनामा व्यक्तिगत मनोमानी गर्न पाईदैन ।
यस्तै,मुक्तिनाथको दर्शन तथा अन्य प्रयोजनमा मुस्ताङ घुम्न आउने जिल्ला बाहिरका सरकारी निकायका सवारी साधनलाई समेत संम्वन्धित प्रशासनका अनुमतीपत्र पास अनिवार्य हुनुपर्ने ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ । कार्यालयले मनोमानी भ्रमणका नाम रित नपुर्याई सरकारी गाडी प्रबेश गरेको पाईए कारवाही गर्ने जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालय मुस्ताङले सूचनाको अटेर गरी आफुखुसी सवारी चलाएमा काम गरिने जनाएको छ । गत हप्तामात्रै जिल्ला ट्राफिक कार्यालयले सार्वजिक बिदाका दिन गाडी चलाएको भन्दै जिससको गाडीलाई ३ घण्टा नियन्त्रणमा लिई साधेपुछ गरी आईन्दा नचलाउने शर्तमा छाडिएको जनाएको छ । यस्तै मुस्ताङकै एक स्थानीयतहको नाममा रहेको ग १ ब २२४ नम्बरको सरकारी मोटर साईकललाई कारवाही गरेको ट्राफिक कार्यालयले बताएको छ ।
तपाईको प्रतिक्रिया