नेपालसहित विश्वभर फेसबुकसहितका सामाजिक सञ्जाल डाउन

समाधान संवाददाता २०७५ फागुन ३० गते ८:०५

सामाजिक सञ्जल फेसबुकमा समस्या आएको छ । विश्वभर फेसबुक प्रयोगकर्ताको एकाउन्ट खुलेका छैनन् ।

फेसबुकसँगै इन्स्टाग्राम तथा ह्वाट्सएप पनि डाउन भएका छन् ।
नेपाली समय अनुसार बुधबार राति पौने १० बजेदेखि समस्या देखिएको हो । केही क्षेत्रको समस्या समाधान भएको छ । तर अझै पनि नेपालसहित विश्वभर फेसबुकसहितका सामाजिक सञ्जाल डाउन भएका छन् ।

फेसबुक समस्या समाधानका लागि तत्कालका लागि आफ्नो प्लेटफर्म डाउन भएको र केही समयमै समस्या समाधान हुने बताएको छ । फेसबुकको एप्लिकेसन प्रयोगमा समस्या भएको देखिएको छ ।

Advertisement

सुरुमा केही फेसबुक प्रयोगकर्ताले समस्या बारे बताएका थिए । त्यसपछि समस्या बिस्तारै अधिकांश प्रयोगकर्तामा फैलिएको हो ।

फेसबुक र इन्स्टाग्राम डाउन भएपछि धेरै ट्वीटरमा मजाक गरिरहेका छन् । ट्वीटरमा ह्यासट्याग फेसबुक डाउन र ह्यासट्याग इन्स्टाग्राम डाउन प्रयोगगरि पोस्ट भइरहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया