रघुगंगामा सुकुम्बासी व्यवस्थापन कार्यक्रम

समाधान संवाददाता २०७५ फागुन ३० गते ८:३७

राकेश शर्मा

म्याग्दीको रघुगंगा गाउँपालिकाले गापा अध्यक्ष सुकुम्बासी व्यवस्थापन तथा घरवास सुधार कार्यक्रम ल्याएको छ । गाउँ कार्यपालिकाको २८ गते बसेको कार्यपालिकाको बैठकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

गाउँपालिका भित्रका ८ वटा वडा कार्यालयमा रहेका सुकुम्बासी, खरको छानो भएका, टिनले घर छाएका र शौचालय नभएकाका घरपरिवारका लागि गाउँपालिकाले गापा अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने गरी सुकुम्बासी व्यवस्थापन तथा आवास व्यवस्थापन कार्यक्रम ल्याएको हो ।सुकुम्बासी व्यवस्थापन तथा आवास व्यवस्थापन कार्यक्रम कायविधि २०७५ गाउँकार्यपालिको बैठकले पारित गरेको प्रमुख प्रशासीय अधिकृत रमेश थापाले जानकारी दिए । उनका अनुसार गापा अध्यक्ष सुकुम्बासी व्यवस्थापनका लागि लागत संकलन समितिसमेत गठन भएको छ ।

Advertisement

वडा न २ का वडा सदस्य तोरन दर्जीको संयोजत्वमा २ महिलासहित ४ सदस्यीय समिति बनेको छ । उक्त समितिले लागत संकलनसमेत अघि बढाइसकेको छ । समितिलाई ८ वटा वडाको लागत संकलनका लागि १ महिना दिइएको छ । समितिले लागत संकलन गरेर समितिले गाउँ कार्यपालिकालाई बुझाउनेछ । समितिले बुझाएको प्रतिवेदनको आधारमा गाउँ कार्यपालिकाले आवश्यकताको आधारमा त्यसको काम अघि बढाउने अधिकृत थापाले बताए ।

यस कार्यक्रममले गाउँपालिकाको आगामी योजना निर्माणमा समेत टेवा पुग्ने उनको भनाइ छ । यसका लागि गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको छ । थप बजेट आवश्यक परेरमा गाउँपालिका अध्यक्षले आफूले पाउने सरकारी सेवा, सुविधा वापतको रकमबाट स्थापना गरेको अक्षयकोषबाट समेत बजेट परिचालन गरिने गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार आवश्यक परेमा अन्य निकायबाट आउने अनुदानको रकमसमेत यो कार्यक्रमका लागि खर्च गरिनेछ ।

Advertisement

। गाउँपालिका भित्र कुनै पनी गरिब जनताले दुःख नपाओस भनेर उक्त कार्यलयम ल्याएको भण्डारीको भनाई छ। हामीले गाउँपालिकामा सबै जनताको बाँच्न पाउने अधिकारको लागी यो कार्यक्रम सञ्चालन गरेका छौ उनले भने । स्थानीय सरकार भनेको नै प्रत्येक जनताको घरघरमा पुगोस भनेर नै गाउँपालिकाले यस्ता कार्यक्रमहरु ल्याउने प्रयास गरेको उनले बताए । कार्यक्रममा छनोट हुने घरपरिवारले सम्बन्धित वडा कार्यालबाट र टोल सुधार समितिबाट सिफारिस लिएर आउनुपर्नेछ ।

तपाईको प्रतिक्रिया