सञ्चारकर्मी सम्मानित, कृषक पुरस्कृत

समाधान संवाददाता
अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो पाँचौं गाउँसभाका अवसरमा ४ जना सञ्चारकर्मीलाई सम्मान गरेको छ ।
समाचार सम्प्रेषणका माध्यमबाट अन्नपूर्ण गाउँपालिकाको समग्र विकास एवं प्रचारप्रसारमा महत्वपूर्ण सहयोग पुर्याएको भन्दै रासस गण्डकी प्रदेश कार्यालय पोखराका वासुदेव पौडेल, नेपाल समाचारपत्रका टंकराज अधिकारी, कान्तिपुर राष्ट्रिय दैनिकका दीपक परियार र आदर्शसमाज राष्ट्रिय दैनिकका श्रीभद्र पौडेललाई सम्मान गरिएको हो ।
अन्नपूर्ण गाउँपालिकाका हरेक गतिविधिलाई सञ्चारमाध्यमबाट प्रचार प्रसार गरी विशेष सहयोग पुर्याएका कारण ४ जना सञ्चारकर्मीलाई सम्मान गरिएको अध्यक्ष युवराज कुँवरले बताए । गाउँसभाका अवसरमा कोदो खेतीप्रति कृषकको आकर्षण बढाउन उत्प्रेरित गर्ने लक्ष्यका साथ गाउँपालिकाका ११ वटै वडाका ३÷३ जना कृषकलाई नगद पुरस्कारसहित पुरस्कृत गरेको छ ।
प्रत्येक वडामा अधिकतम कोदो उत्पादन गर्ने मध्ये पहिलो, दोस्रो र तेस्रो कृषकलाई जनही क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित ३३ जनालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा प्रवीण गुरुङ स्मृति लोकदोहोरी प्रतियोगिता व्यवस्थापन समितिका सदस्यलाई पनि सम्मान गरिएको थियो ।
गाउँसभाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ पारित गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार गाउँपालिकाले आर्थिक ऐन, सहकारी ऐन, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन र विनियोजन ऐन गरी ४ ऐन र विभिन्न १४ वटा कार्यविधि, नियमावली तथा निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित गरिसकेको छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया