बम भनिएको शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज

समाधान संवाददाता २०७५ फागुन ३० गते ९:३७

पोखराको सभागृहचोकमा श‌ंकास्पद वस्तु भेटिएको छ । ट्राफिकबिटमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोजल गरेको छ । डिस्पाेजकाक्रममा उक्त वस्तु सामान्य बम नै भएकाे सेनाले जनाएकाे छ ।

उक्त बम राती विप्लब नेतृत्वको माओवादीले राखेको अनुमान प्रहरीले गरेको छ । सेनाले पृथ्वीचोक र सभागृहक्षेत्रमा सर्वसाधारणलाई निषेध गरी डिस्पाेज गरेकाे हाे । हाल पाेखराका सम्पूर्ण क्षेत्रमा सुरक्षाकर्मीकाे चुस्त उपस्थिती छ ।

विप्लब नेतृत्वको माओवादीले नेपाल बन्दको आह्वानसमेत गरेको छ । बन्दले सरकारी कार्यालयमा सेवाग्राही कम छन् भने विद्यालयहरु पूर्णतः बन्द छन् । आजदेखि हुने कक्षा ८ काे परीक्षा विशेष कारण देखाई स्थगित गरिएकाे छ ।

Advertisement

बन्दकैबीच पनि नगर क्षेत्रमा फाट्टफुट्ट माेटरसाइकल र चारपांग्रे सवारी साधन चलेका छन् । बसपार्कबाट लामाे वा छाेटाे दूरीका साधन छुटेका छैनन् ।

तस्विर- राजेन्द्र अधिकारीको फेसबुकबाट

Advertisement

तपाईको प्रतिक्रिया