थकाली संस्कृति समेटिएको चलचित्र चचहुईको छायाँङ्कन मार्फामा

समाधान संवाददाता २०७५ चैत १ गते १३:०५

सुन्दरकुमार थकाली
मुस्ताङ

‘चचहुई सरर…..’अक्सर बडादशैको अवसरमा गाउँघर तीर पीङ खेल्दा रमाएर प्रयोग हुने शब्द हो चचहुई । पीङ खेल्दा जसरी रमाईन्छ , त्यही उद्देश्य बोकेर चचहुई यूनिट मुस्ताङको पर्यटकीय गाउँ मार्फा आएको हो ।

चलचित्रको कथामा मुस्ताङको मार्फा गाउँको थकाली सभ्यता चित्रण गर्न खोजेको छ । यसैका लागि यसका संम्पूर्ण निर्माण यूनिट २ साताअघि देखि मुस्ताङमै छन् ।फागुनको पहिलो साता चचहुई टोली मुस्ताङ आएको हो,जुन बेला मुस्ताङमा हिउँको वर्षा भईरहेको थियो । ठाउँ ठाउँको सडक जाम र हिमपात छिचोल्दै छायाँङ्ककनका लागि चचहुईकर्मी यहाँ आईपुगेको हो ।

Advertisement

पछिल्लो चलचित्र रोजी र लालपूर्जा जस्ता सफल चलचित्रमा अभिनय गरीसकेकी नवनायिका मीरुना मगर चचहुइई चलचित्रमा नायिकाको भूमिकामा अनुबन्ध भएकी हुन् । चचहुईको कथा प्रत्यक्ष मार्फा थकाली कलासंस्कृति संग जोडिएको छ । नायिका मगरको घर मार्फा गाउँको पुरानो परम्परागत एक घरलाई बनाईएको छ । जहाँ शुक्रबार चचहुई छायाँङ्कन भईरहेको थियो ।

मार्फा गाउँको धार्मिक ,सास्कृतिक,भौगोलिक र आर्थिक बिषय चलचित्रमा चित्रण गर्न खोजिएको यसका निर्माता अमृत घले लामाले जानकारी गराए । सानै देखि चलचित्र खेल्ने भन्दा निर्माण गर्ने रहर मुताबिक चचहुई निर्माणमा पहिलो डेभ्यू गरेको बताए । ‘धेरै चलचित्र स्क्रीप्ट छनौट गरेर चचहुई निर्माण गर्न थालेको हु,’निर्माता लामाले भने,‘ यसका कलाकारले उक्तिकै मेहनतले काम गरेका छन् ।’उनले चलचित्र प्रर्दशनपछि मार्फाको पर्यटन क्रेजमा सघाउ पूर्‍याउने दावी गरे । पछिल्लो समय नेपाल चलचित्र टीपीकल शैलीमा निर्माण भईरहेकाले चचहुईले पनि सफलता प्राप्त गर्ने निर्माता लामाको अपेक्षा छ । उनले नेपाली चलचित्रलाई माया गर्न समेत अनुरोध गरे ।

Advertisement

विशुद्ध आँशु, हाँसो, प्रेम , बिछोड, रोमान्स, ड्रामा र एक्शन आदीले भरिएको दर्शकको तिर्खा मेटाउने यसका निर्दैशक साम्तेन भुटियाको भनाई छ । ‘हामीले धेरै दुख ,मेहनत र साधना गरेका छौ,’निर्दैशक भुटियाले भने,‘पुरै ८ के क्वालिटीको सिनेमास्कोपमा चलचित्र बन्दैछ ,चलचित्र हेर्न हलमा पुगेका सबै दर्शकको थकान चचहुईले मेटाउने छ ।’
एजिल ईन्टटेमेन्ट प्राईभेट लिमिटेडको ब्यानरमा निर्माण भईरहेको चलचित्र चचहुईको लागत डेढ करोडको छ ।

क्लासिक,मौसम,मेरो एउटा साथी छ लगायत दर्जनौ नेपाली चलचित्रमा अभिनयगरी खारिएका नायक आर्यन सिक्देल ,नायिका मीरुना मगर,भोलाराज सापकोटा र माओत्से गुरुङ आदीको जिवन्त अभिनय चचहुईमा देख्न पाईन्छ । यस्तै,चलचित्रमा पोखरा र मार्फाली समूदायको जातीय अभिनय रहने छ ।

आगामी बडादशै अघि नेपालका सिनेमा घरहरुमा एकैसाथ रिलिज गर्ने उद्देश्यसहित फिल्डमा काम भईरहेको जनाईएको छ । मुस्ताङ,पोखरा,काठमान्डौ र हङकङमा चचहुईको छायाँङ्कन हुने निर्देशक भूटियाले जानकारी दिए । उनका अनुसार चलचित्रको कथा अनुसार ४० प्रतिशत छायाँङ्कन मार्फामा हुनेछ ।

कथा तथा पटकथा सीजन दाहाल र सन्देश अर्यालले तयार पारेका हुन् । सबै प्रकारको बिषयवस्तु समेटिएको चचहुईमा २ वटा द्धन्दका क्लाईमिक्स समावेश हुने द्धन्द निर्देशक श्रेष्ठले जानकारी दिए । यसअघि उनले जयभोलेमा द्धन्द निर्देशन गरेका थिए । राजनराज शिवाकोटी,रोशन थापा र सुरजशाहीको शब्द रचनामा तयार पारिएको चचहुईमा ३ वटा गीत समावेश हुनेछन् । राजनराज सिवाकोटीको संङ्गितमा उनी सहित सुरजशाही ठकुरी र मेलिना राईको स्वर रहने छ ।

तपाईको प्रतिक्रिया