३ सय छात्रालाई सेनिटरी प्याड वितरण

समाधान संवाददाता २०७५ चैत १ गते १३:४०

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका वडा कार्यालय १० ले कालिका मावि र कुँडहर आधारभूत विद्यालयका ३ सय जना छात्रालाई सेनिटरी प्याड हस्तान्तरण गरेका छ । कार्यवहाक वडाध्यक्ष प्रतिभा विक पोखरेलले छात्राहरुलाई सेनिटरी प्याड हस्तान्तरण गरिन् ।

वडा सदस्य एवं कार्यक्रम संयोजक निशा मल्ल ठकुरी, वडा सदस्य सम्मरबहादुर श्रेष्ठ, समाजिक अभियन्ता निर्मला कार्की भण्डारी लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरे । उनीहरुले सेनेटरी प्याड र स्वास्थ्य सम्बन्धमा धारणा राखे । कालिका मविका प्रधानाध्यापक बलराम गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रम शिक्षिका लेकमाया पुनले सञ्चालन गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया