क्राइस्टचर्च मस्जिद आक्रमण: ४९ को मृत्यु, २० जना गम्भीर घाइते, बाङ्ग्लादेशी क्रिकेट टोली सकुशल

समाधान संवाददाता २०७५ चैत १ गते १४:३४

बिबिसी

न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ४९ जनाको मृत्यु भएको र २० जनाभन्दा धेरै गम्भीररूपमा घाइते भएका छन् ।

भएको प्रधानमन्त्री जेसिन्डा आर्डर्नले शुक्रबारलाई ‘कालो दिन’ भएको बताउँदै यो घटनालाई ‘आतङ्ककारी हमला’ मात्रै भन्न सकिने बताइन् ।प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन् । सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म मस्जिदमा नजान भनेको छ ।

Advertisement

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले गिरफ्तार एक जना अस्ट्रेलियन नागरिक भएको र उ ‘अतिवादी दक्षिणपन्थी घातक आतङ्ककारी’ भएको बताएका छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको बताएकी छन् । उनले भनिन्, “अहिले मैले भन्न सक्ने भनेको आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुनेछ।”

Advertisement

घटनामा कति आक्रमणकारी थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन । तर न्यूजिल्यान्ड हेराल्ड पत्रिकाका अनुसार एक बन्दुकधारी अस्ट्रेलियाका नागरिक हुन् जसले आप्रवासीहरूविरुद्ध लेखेका छन् ।

आक्रमणकारीले भिडिओ खिच्दै मानिस मारेको भनि एउटा भिडिओ सार्वजनिक भएको छ ।

आक्रमण हुँदा बाङ्ग्लादेशी क्रिकेट टोलीका सदस्यहरू अल नूर मस्जिदमा थिए । बाङ्ग्लादेशी टेस्ट टोलीका कप्तानले आफू सो आक्रमणबाट जोगिएको भन्दै ट्वीट गरेका छन् । बाङ्ग्लादेशी क्रिकेट बोर्डले टोलीका सबै जना सुरक्षित रूपमा होटल फर्किसकेका र आफ्नो सम्पर्कमा रहेका जनाएको छ।

सो घटनाप्रति सामाजिक सञ्जालमा धेरैले दु:ख व्यक्त गरेका छन् । ‘मुस्लिम्ज इन न्यूजिल्यान्ड’को फेसबुक पेजमा समवेदनाको ओइरो लागेको छ।

तपाईको प्रतिक्रिया