गण्डकी मेडिकल कलेजका सञ्चालक अर्याललाई पक्रन माग

समाधान
तोकिएको भन्दा बढी शुल्क लिने पोखरास्थित गण्डकी मेडिकल कलेजका सञ्चालक खुमाप्रसाद अर्याललाई पक्राउ गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट भ्रातृसंगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले माग गरेका छन् ।
अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले शुक्रबार विज्ञप्ति जारी गर्दै बढी शुल्क असुल गरी फरार अर्याललाई तत्काल पक्राउ माग गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको उक्त कलेजले एमबिबिएस अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएपछि कलेजका विद्यार्थीले आन्दोलन गरेका छन् । विज्ञप्तिमा आचार्यलाई पक्राउ गरी तोकिएको मापदण्डभन्दा बढी लिएको शुल्क फिर्ता गर्नसमेत माग गरिएको छ ।
सरकारले तोकेको शुल्कभन्दा बढी लिए-नलिएको छानबिन गरी त्रिभुवन विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलद्वारा गठित छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीउपर हदैसम्मको कारवाही गर्नसमेत विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा शृंखलाबद्ध रुपमा सरकार, विश्वविद्यालय र डीन कार्यालय लगायत नियमकारी निकायको नीति, नियम र निर्देशन अवज्ञा गर्ने कलेजको सम्बन्धन खारेज गरी त्यस्ता कलेजको स्वामित्व सरकारले लिनुपर्ने माग गरिएको छ ।
विज्ञप्तिमा ७२ घन्टाभित्र आफ्ना माग पूरा नगरे त्रिवि उपकुलपति कार्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको डीन कार्यालयमा डीनलाई प्रवेश निषेध गर्ने र तत्काल समस्या समाधान गर्न नसके त्रिवि पदाधिकारी र चिकित्सा अध्ययन संस्थानको डीनको राजीनामा माग गर्ने उल्लेख छ ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया