सगरमाथा चढ्ने गोपाललाई महानगरको सहयोग

समाधान संवाददाता २०७५ चैत २ गते ९:०८

समाधान

पोखरा महानगरपालिकाले पूर्व लागुपदार्थ दुव्र्यसनी तथा एचआइभी संक्रमित गोपाल श्रेष्ठलाई सहयोग गर्ने भएको छ । श्रेष्ठको सगरमाथा अभियान स्टेप अफ क्याम्पियनमा पोखरा महानगरपालिकाले सहकार्य गर्ने भएको हो ।

अभियानका पदाधिकारीसँगको भेटघाटमा मेयर मानबहादुर जिसीले पोखरेलीले गर्न लागेको अभियानमा आफ्नो पूर्ण साथ रहने बताए । उनले भने, ‘यो अभियान पोखराको हो, त्यसैले हाम्रो तर्फबाट आरोहणमा सहयोग पुग्ने गरी सकारात्मक सहयोग गर्छौं, ढुक्क हुनुहोस् ।’

Advertisement

श्रेष्ठले आउँदो वैशाखको दोस्रो हप्ता संसारभरका लागुपदार्थ प्रयोगकर्ता र एचआइभी संक्रमित र पोखरा महानगरपालिकाको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्दै छन् । काठमाडौंको ड्रिम्स डिस्टिनेसन टे«ेकिङ कम्पनीको पथप्रदर्शनमा गोपाल श्रेष्ठले सगरमाथा आरोहण गर्दै छन् । आरोहणमा ४० लाख खर्च लाग्ने भए पनि अहिलेसम्म रकम संकलन नभइसकेको क्याम्पियनका कोषाध्यक्ष गीता पौडेलले बताइन् । उनले भनिन्, ‘हामी गोपालजीको सगरमाथा आरोहणको कामलाई सफल बनाउन अहिले आवश्यक पैसाको लागि सहकार्यको लागि अनुरोध गरिरहेका छौं ।’ अभियानका उपाध्यक्ष विष्णुबहादुर भट्टराईका अनुसार तयारी अन्तिम चरणमा भएकाले पैसाको अभावमा अभियान नरोकिने प्रतिक्रिया दिए । कुनै बेलाका लागुपदार्थ दुव्र्यसनी र एचआइभी संक्रमित श्रेष्ठ नामी पूर्व राष्ट्रिय फुटबल खेलाडी हुन् । श्रेष्ठ युवाका लागि सकारात्मक सन्देश दिने उद्देश्यले सगरमाथा चढ्ने तयारीमा जुटेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया