सहिद कृष्ण माविको बसमा तोडफोड

समाधान संवाददाता २०७५ चैत २ गते ९:१९

समाधान

तनहुँको शुक्लागण्डकी ३ कवासेस्थित सहिद कृष्ण माविको बसमा तोडफोड भएको छ । ग १ ख ६६३८ नं. को बसका सिसा तोडफोड भएको शुक्लागण्डकी ३ का अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । ‘महायज्ञको क्रममा ठाउँ नभएपछि खाली जग्गामा लगेर राखिएको थियो,’ उनले भने, राति सिसा तोडफोड गरिएको रहेछ ।’ बसको अगाडिसहित अधिकांस सिसा फुटाइएका छन् । शुनपा– ३ स्थित तालखेतमा राखिएको उक्त बसमा तोडफोड गर्नेको पहिचान भएको छैन ।

स्टार्ट नभएपछि डोजरको सहायताले तानेर तालखेत लगेको उनले जानकारी दिए । तोडफोड गर्नेको पहिचान गरी कारबाहीको लागि सम्बन्धित निकायसँग माग गरिएको छ । विद्यालयमा फागुन १७ देखि २५ गते प्राविधिक शिक्षा र भौतिक विस्तारका लागि महायज्ञ आयोजना गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया