खुला घोडा दौड ६ गते

समाधान संवाददाता २०७५ चैत २ गते ९:४३

समाधान संवादादाता

पहाडी क्षेत्रमा घोडा दौडमार्फत पर्यटन प्रवद्र्वन गर्ने उद्देश्यले आगामी चैत ६ गते घान्द्रुकमा आयोजना गर्न लागिएको खुला घोडा दौड प्रतियोगिताको तयारी भएको छ । घोडा–खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले फागुपूर्णिमाको अवसरमा आयोजना गरेको दोस्रो घोडा दौड प्रतियोगिताको सबै तयारी सकिएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

साहसिक खेलको रुपमा चर्चित घोडा दौड प्रतियोगिताले स्वदेशी तथा विदेशी पर्यटकको मन जितेर पर्यटनको विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ । ‘घोडा दौड प्रतियोगिताले पर्यटकीय देश नेपालको पहाडी र हिमाली क्षेत्रलाई साहसिक खेल घोडा दौडका लागि उपयुक्त छ भनेर अन्तर्राष्ट्रिय जगतमा चिनाउने हाम्रो विश्वास छ,’ आयोजक समितिका अध्यक्ष यमबहादुर गुरुङले भने, ‘पहिलो प्रतियोगितामा जम्मा १८ जना सहभागी भएकोमा यसपालि भने ३ गुणा बढी सहभागी हुने पक्का भइसकेको छ ।’

Advertisement

प्रतियोगितामा स्वदेशी, स्थानीय र विदेशी घोडचडीहरुले भाग लिने छन् । उनीहरुको रोमाञ्चक कला, कौशलले दर्शकको समेत मन जित्ने अपेक्षा गरिएको छ । विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार, तेस्रोलाई २० हजार रुपयाँसहित सिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ । सहभागीलाई सबैलाई प्रमाणपत्र दिइने प्रचारप्रसार समिति संयोजक अमृत गुरुङले बताए । प्रतियोगिता गर्न साढे ७ लाख खर्च हुने अनुमान छ ।

Advertisement

तपाईको प्रतिक्रिया