तालको छेउमा मोबाइल र हेलमेट राखेर बिदा भए शिशिर

समाधान संवाददाता २०७५ चैत २ गते १५:१६

समाधान संवाददाता

गण्डकी मेडिकल कलेजमा अध्ययनरत १ विद्यार्थी मृत अवस्थामा फेला परेका छन् । म्याग्दी बेनी नगरपालिका–८ घर भएका शिशिर केसी पामे शनिबार बिहान १० बजे पोखरा १८ सेदी स्थित क्षेत्रस्थित फेवातालमाथि तैरिरहेको अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ ।

केसीको मोबाइल र हेलमेट लगायतका सामान तालको किनारामा भेटिएको प्रहरीले जानकारी दिएको छ । केसी गण्डकी मेडिकल कलेजमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । घटनाबारे थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

Advertisement

तस्विर- उमेश पुन

Advertisement

तपाईको प्रतिक्रिया