मन्टेसरी बालमैत्री आवश्यक- उपसभामुख सिर्जना

समाधान संवाददाता २०७५ चैत ३ गते ८:०६

समाधान

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले मन्टेसरी एवं प्रिस्कुल बालमैत्री हुनु पर्नेमा जोड दिएकी छन् । पोखरा २७ डाँडाको नाकस्थित लिटिल गार्डेन मन्टेसरी एवं प्रिस्कुलको वार्षिकोत्सव एवं अभिभावक दिवसमा शर्माले बालबालिकाका लागि बोझ नभई अभ्यास शिक्षण विधिमात्र भएको बताईन् ।

शर्माले खेल्दै सिक्दै विभिन्न विधिको प्रयोगमार्फत शिक्षण गराउँदा बालबच्चाको चौतर्फी विकास हुने उल्लेख गरिन् । बालबालिका मैत्री फर्निचर, अध्ययन सामग्री, भौतिक पूर्वाधार, तालिमप्राप्त शिक्षकबाट शिक्षण गराउँदा सहज हुने उल्लेख गरिन् । शर्माले सरकारले शिक्षा क्षेत्रमा भएको विभेदलाई अन्त्य गरी समावेशी, समान र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा राखिन् । कार्यक्रममा पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले अहिलेका मन्टेसरी प्रविधिमैत्री भएको उल्लेख गर्दै, सिंगो पुस्ता स्मार्ट हुने उल्लेख गरे ।

Advertisement

कार्यक्रममा पोखरा महानगरपालिकाका सामाजिक विकास शाखाका कर्मचारी मिना भट्टराई, संचारकर्मी नवराज सापकोटा, अभिभावक रमा भण्डारी लगायतले मन्टेसरीले गुणस्तरमा ध्यान दिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रम संचालक ऋतु पौडेलले मन्टेसरीको अवस्थाका बारेमा जानकारी दिँदै, बालबालिकाका लागि नमूना थलो बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।

Advertisement

तपाईको प्रतिक्रिया