पत्रकारिता पुरस्कार २०७५ भैरव रिसाललाई

समाधान संवाददाता
स्वतन्त्र पत्रकार संघ नेपालद्वारा सञ्चालित सामाजिक पत्रकारिता पुरस्कार २०७५ भक्तपुर दधिकोटका अग्रज पत्रकार भैरव रिसाललाई प्रदान गरिने भएको छ । पोखराका समाजसेवी लीलाभक्त आचार्यद्वारा स्थापित उक्त पुरस्कार पहिलो पटक प्रदान गर्न लागिएको हो । ९० वर्षसम्म क्रियाशील रिसाललाई संघको केन्द्रीय समितिको शनिबार बसेको बैठकले प्रतिभा चयन समितिको सिफारिस अनुसार रिसाललाई सम्मान गर्ने निर्णय गरेको हो ।
समितिकै सिफारिसमा धरान सुनसरीबाट प्रकाशित दिव्य रोशनी साप्ताहिककी सम्पादक मनिता राई (चाम्लिङ) लाई पत्रकार महिला सम्मान २०७५ प्रदान गर्ने निर्णय गरेको छ । संघका सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय प्रतिभा चयन समितिको बैठकले सर्वसम्मत रुपमा यो निर्णय गरेको हो । समितिका सदस्यमा समाजशास्त्री डा. विश्वकल्याण पराजुली, पत्रकार महिला सम्मानबाट पूर्व सम्मानित पत्रकार दुर्गा अधिकारी, पदेन सदस्य संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला र महासचिव नवराज पहाडी छन् ।
प्रत्येक वर्ष प्रदान गरिने सामाजिक पत्रकारिता पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मानपत्र तथा पत्रकार महिला सम्मानको राशि ५ हजार रुपैयाँ र सम्मानपत्र छ । यसअघि पत्रकार महिला सम्मानबाट दुर्गा अधिकारी कास्की, शीला गुरुङ पर्वत, रवीना आलेमगर तनहुँ, शान्ति राणा कास्की ईश्वरी पौडेल स्याङ्जा र सीता दर्नाल रुपन्देही सम्मानित भएका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया