दाजुभाइ च्याउ फार्ममा आगलागी

समाधान संवाददाता २०७५ चैत ३ गते ८:३४

समाधान संवाददाता

पोखरा महानगरपालिका १९ पुरनचौरस्थित दाजुभाइ च्याउ फार्ममा आगलागी भएको वडा प्रहरी कार्यालय बगरका कार्यालय प्रमुख प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

फार्ममा आगलागी हुँदा २ लाख रुपैयाँ बराबरको क्षत्री भएको उनले बताए । फार्ममा बन्दै गरेको ५ वटा टनेलमा आगलागी भएको थियो । शुक्रबार राति आगलागी भएको थियो । आगलागीबाट च्याउ उत्पादनको लागि तयार पारिएको टनेल प्लास्टिक जलेको छ । आगलागी के कारण भयो भन्ने नखुलेको प्रहरी जनाएको छ । विगत १० वर्षदेखि उक्त फार्म सञ्चालनमा छ । आगलागी भएपछि फार्म सञ्चालक कृष्ण सुवेदीले शनिबार प्रहरीकहाँ जाहेरी दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया